७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनामा मेस्सीको संन्यासपछि…



अ+ अ-

काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले लियोनेल मेस्सीको संन्यासपछि क्लबको भविष्यलाई ध्यानमा राखेर क्लबले खेलाडीहरू किन्ने काम गरिरहेको बताएका छन् ।

बार्साले अघिल्लो महिना आयाक्सका २१ वर्षीय मिडफील्डर फ्रेन्की डी जोङलाई भित्र्याउने पुष्टि गरेको थियो ।

एकतीस वर्षीय मेस्सीले बार्सिलोनाका लागि खेलेको ६६४ खेलमा ५८१ गोल गरेका छन् ।

‘एक दिन लियोनेलले म संन्यास लिँदैछु भन्नेछन्,’ बार्टोमेउले फूटबल डेली पोडकास्टका पत्रकार गिलेम बलागलाई बताए ।

मेस्सीले क्लबसँग गरेको अहिलेको सम्झौतामा अझै दुई वर्ष बाँकी छ र उनले संन्यास लिने समय बाँकी नै छ ।

तर २५ पटक ला लिगा उपाधि जितेको बार्साले निरन्तर सफलताका लागि नयाँ खेलाडीहरू भित्र्याउने अवसर खोजिरहेको छ ।

‘हामीहरूले क्लबलाई भविष्यका लागि तयार राख्नुपर्नेछ,’ बार्टोमेउले थपे । उनी सन् २०२१ मा क्लबको अध्यक्ष पदबाट हट्दैछन् ।

‘हामीहरू राम्रा जवान खेलाडीहरू टीममा भित्र्याउँदैछौं किनकि हामी सफलताको यो युगलाई निरन्तरता दिन चाहन्छौं । त्यो हाम्रो जिम्मेवारी हो । मेरो कार्यकाल दुई सीजनमा सकिन्छ । त्यसैले मैले क्लबलाई गजबको अवस्थामा छोड्नुपर्ने हुन्छ र नयाँ अध्यक्षले हेर हाम्रो विरासत भन्नुपर्ने हुन्छ ।’

सन् २०१७ मा मेस्सीले बार्सासँग नयाँ सम्झौता गरेर आफ्नो करीयर घरमै सक्ने सपना पूरा गर्न लागेको बताएका थिए ।

मेस्सीले बार्सिलोनामा खेल्दै नौवटा ला लिगा उपाधिका साथै चारवटा च्याम्पियन्स लीग र ६ वटा कोपा डेल रे उपाधि जिताएका छन् ।

बीबीसीबाट