५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल

‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल
अ+ अ-

रसुवा। रसुवा–नुवाकोट क्षेत्रमा आएको विनाशकारी विपत्तिपछि जलवायु क्षेत्रमा क्रियाशील अभियन्ताहरुले तत्काल भरपर्दो जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

जलवायु अभियन्ताहरूले संयुक्त अपीलमार्फत अन्तर्राष्ट्रिय समुदायसँग नेपालका लागि जलवायु न्याय सुनिश्चित गर्न निर्णायक कदम चाल्न आग्रह गरेका हुन् ।

जलवायु क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, विशेषज्ञ र पत्रकारहरू सहभागी जलवायु अभियन्ता समूहले नेपाललाई विपद् पुनर्निर्माणका नाममा ऋण थोपर्ने काम नगर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

विश्वको सहयोगबिना नेपालले यो महाविपत्तिको पुनर्निर्माण गर्न र आगामी दिनमा आउने यस्ता विपद्को सामना गर्न नसक्ने यथार्थलाई आत्मसात गर्दे जलवायु न्यायका लागि श्रृजना गरिएका कोषबाट अनुदानमा सहयोग गर्न उनीहरुले आह्वान गरेका छन् ।

जलवायु अभियन्ताहरूले हालैको विपत्तिलाई केवल प्राकृतिक प्रकोपका रूपमा नभई जलवायु संकटको अग्रमोर्चामा रहेको नेपालले भोगिरहेको गम्भीर चुनौतीका रूपमा प्रश्तुत गरेका छन् ।

उनीहरूले जारी गरेको ‘जलवायु न्यायको लागि अत्यावश्यक अपिल र नेपालका लागि तत्काल, भरपर्दो जलवायु वित्त’ शिर्षकको संयुक्त वक्तव्यमा नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान नगण्य भएपनि जलवायु परिवर्तनको गम्भीर असर व्यहोरिरहेकाले सहयोगको नाममा ऋण थोपर्नु थप अन्यायमा पार्नु भएको उल्लेख गरिएको छ ।

संयुक्त अपिलमा जलवायु वित्तलाई सहायता वा दानको विषयका रूपमा नभई जलवायु न्यायसँग जोडिएको अधिकारका रूपमा प्रश्तुत गरिएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अभियन्ता समूहका तर्फबाट राजन थापाले जलवायु संकटको मारमा परेको नेपाललाई विपद् पुनःनिर्माणलाई ऋणमार्फत वित्तपोषण गर्नु दोहोरो अन्याय हुने बताउनु भयो ।

उहाँले एफआरएलडी बाट आपतकालीन उद्धार, राहत र पुनर्निर्माणका लागि नेपाललाई तत्काल वित्त प्रवाह गर्नुपर्ने माग अभियन्ताहरुको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘नेपाल अति कम विकसित तथा जलवायु जोखिमयुक्त मुलुक रहेको र पहिल्यै ऋणभार तथा स्तरोन्नतिसँग सम्बन्धित दबाबमा रहेकोले विपद पुनर्निर्माणलाई ऋणमार्फत वित्तपोषण गर्नु दोहोरो अन्याय हो—जीवन र जीविकामा एकपटक, र फेरि ऋण तिर्नुपर्दा दोस्रोपटक ।’

अपीलमा कमजोर हिमाली भू–बनावट, हिमनदीबाट पोषित नदीहरू र अस्थिर भिरालो भू–भागका कारण नेपाल हिमताल विष्फोटबाट आउने बाढी, पहिरो तथा आकस्मिक बाढीजस्ता जोखिमप्रति अत्यन्त संवेदनशील रहेको उल्लेख छ ।

हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ पग्लने दर तिब्र रूपमा बढिरहेको तथा तातिँदै गएको हिमालयले यस्ता घटनालाई थप बारम्बार र गम्भीर बनाइरहेको तर्फ पनि गम्भीर ध्यानाकर्षण गराईएको छ ।

हालैको हिमाली विपत्तिले नेपालको पूर्वचेतावनी प्रणालीमा रहेको कमजोरी पनि उजागर गरेको उल्लेख गर्दै उच्च हिमाली क्षेत्रमा उत्पन्न हुने जटिल प्रकृतिका विपत्तिका लागि विशेष पूर्वचेतावनी तथा हिमनदी अनुगमन प्रणालीमा लगानी गर्न पनि अपिल गरिएको छ ।

मनसुन–केन्द्रित पूर्वाधारले उच्च हिमाली क्षेत्रमा हुने यस्ता विपत्तिको समयमै पहिचान गर्न नसकेको उल्लेख गर्दै विज्ञप्तिमा भविष्यका जोखिम न्यूनीकरणका लागि विशेष प्रकृतिको प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । संयुक्त अपिलमा साझा हिमाली नदी बेसिनका लागि क्षेत्रीय सीमापार पूर्वचेतावनी र जलवैज्ञानिक तथ्याङ्क आदानप्रदानलाई संस्थागत गर्नुपर्ने मागसमेत गरिएको छ ।

जलवायु अभियन्ता थापाले जलवायुविज्ञ, अनुसन्धानकर्ता, जलवायु विशेषज्ञ, जलवायु पत्रकार र जलवायु क्षेत्रमा सक्रिय व्यक्तिहरूको संयुक्त आवाजका रूपमा अपील जारी गरिएको बताउनुभयो ।

अपीलमा विपद्मा भएको मानवीय क्षतिमा गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई सान्त्वना र घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । –न्युज एजेन्सी नेपाल