१५ भाद्र २०८३, सोमबार
,
Latest
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या, पूर्वराजा स्वागतमा सहभागी भएनन्



अ+ अ-

काठमाडौं । पूर्वरानी कोमल शाहको स्वास्थ्यमा आएको समस्या आएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पत्नि कोमलाको स्वास्थ्यमा समस्या आउदा सर्वसाधरणसँग भेटघाट नगरेको खुलेको छ।


सिमराबाट झापा आउने क्रममा पूर्वराजा शाहले सवारी आफै चलाएर थिए। लहानदेखि ज्ञानेन्द्र पत्नी कोमललाई शारीरिक समस्या आएको समाचार स्रोतले बताएको छ। तर, के भएको थियो भन्ने बारेमा केही खुलाईएको छैन।

पूर्वराजा शाहका स्वकीय सचिव फडिराज पाठकका अनुसार सर्वसाधरणसँग भेटघाट र कुराकानी गर्ने कार्यक्रम तय गरि पनि पूर्व रानी कोमलको स्वास्थ्यमा आएको खराबीले सवै कार्यक्रम रद्ध भएको हो।

‘पूर्वराजा ज्ञानेन्द्र शाह आफै पनि जनप्रिय होईवक्सन्छ,’ स्वकीय सचिव पाठकले भने, ‘सर्वसाधरणसँग भेट नगर्ने त कुरै आउदैन।’
लामो बाटो र थकान भए पनि पूर्व रानी कोमलको स्वास्थ्यमा समस्या नदेखिएको भए इटहरी, विराटचोक र दमकको चिया बगान प्रवेशद्धारलगायतमा राखिएको स्वागत कार्यक्रममा सरिक हुन नपाएको उनले जानकारी दिए।

‘स्वागत कार्यक्रममा सहभागी हुन नसकेको मा दुःख लागेको छ,’ पूर्वराजा ज्ञानेन्द्र शाहा निकट स्रोतले भन्यो, ‘समय निकालेर सर्वसाधरणसँग भेटघाट र भलाकुसारी हुनेछ।’




भर्खरै