२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या, पूर्वराजा स्वागतमा सहभागी भएनन्



अ+ अ-

काठमाडौं । पूर्वरानी कोमल शाहको स्वास्थ्यमा आएको समस्या आएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पत्नि कोमलाको स्वास्थ्यमा समस्या आउदा सर्वसाधरणसँग भेटघाट नगरेको खुलेको छ।


सिमराबाट झापा आउने क्रममा पूर्वराजा शाहले सवारी आफै चलाएर थिए। लहानदेखि ज्ञानेन्द्र पत्नी कोमललाई शारीरिक समस्या आएको समाचार स्रोतले बताएको छ। तर, के भएको थियो भन्ने बारेमा केही खुलाईएको छैन।

पूर्वराजा शाहका स्वकीय सचिव फडिराज पाठकका अनुसार सर्वसाधरणसँग भेटघाट र कुराकानी गर्ने कार्यक्रम तय गरि पनि पूर्व रानी कोमलको स्वास्थ्यमा आएको खराबीले सवै कार्यक्रम रद्ध भएको हो।

‘पूर्वराजा ज्ञानेन्द्र शाह आफै पनि जनप्रिय होईवक्सन्छ,’ स्वकीय सचिव पाठकले भने, ‘सर्वसाधरणसँग भेट नगर्ने त कुरै आउदैन।’
लामो बाटो र थकान भए पनि पूर्व रानी कोमलको स्वास्थ्यमा समस्या नदेखिएको भए इटहरी, विराटचोक र दमकको चिया बगान प्रवेशद्धारलगायतमा राखिएको स्वागत कार्यक्रममा सरिक हुन नपाएको उनले जानकारी दिए।

‘स्वागत कार्यक्रममा सहभागी हुन नसकेको मा दुःख लागेको छ,’ पूर्वराजा ज्ञानेन्द्र शाहा निकट स्रोतले भन्यो, ‘समय निकालेर सर्वसाधरणसँग भेटघाट र भलाकुसारी हुनेछ।’