१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको गोंगबुबाट नक्कली नोटसहित एक जना पक्राउ



अ+ अ-
फाईल फोटो

काठमाडौँ । काठमाडौँको गोंगबुबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री रहेका छन् ।।

महानगरीय प्रहरी प्रभाग, गोंगबुले उनलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले भने, ‘१ सय ५२ थान हजार दरको नोट बरामद भएको छ ।’

केसीका अनुसार गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होममा रहेको एउटा फ्ल्याटमा छापा मार्दा कुँवरको कोठामा उक्त रकम भेटिएको हा े।

उनको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।

हाल कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।