१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको गोंगबुबाट नक्कली नोटसहित एक जना पक्राउ



अ+ अ-
फाईल फोटो

काठमाडौँ । काठमाडौँको गोंगबुबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री रहेका छन् ।।

महानगरीय प्रहरी प्रभाग, गोंगबुले उनलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले भने, ‘१ सय ५२ थान हजार दरको नोट बरामद भएको छ ।’

केसीका अनुसार गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होममा रहेको एउटा फ्ल्याटमा छापा मार्दा कुँवरको कोठामा उक्त रकम भेटिएको हा े।

उनको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।

हाल कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।