२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार जनताका काममा भन्दा अन्तै लरबरियो : माधव नेपाल



अ+ अ-

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सरकार जनताको काम भन्दा अन्यत्रै लरबराएको आरोप लगाएका छन् । उनले भने, सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन, अन्त्यै कतै लरबरायो ।

आइतबार हेटौंडामा आयोजित कार्यक्रममा नेता नेपालले सरकारले काम गर्न खोजेको जस्तो त देखिएको तर पनि काममा होइन कि अन्त कतै लरबरिएको छ, हामीलाई त्यस्तै भान भएको छ ।

सरकारको कमजोरी औल्याएर सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुनुपर्नेमा उनले जोड दिए । नेता नेपालले अहिले पनि पूर्व एमाले र पूर्व माओवादीजस्तो भएको छ भन्दै दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया चाडै टुङ्गिने बताएका छन् ।

उनले पार्टीको सबै तहमा हुने एकीकरण प्रक्रियामा कसैको गोजीको, नाता पर्ने होइन असल, पार्टी सञ्चालन गर्न सक्ने व्यक्ति एकीकृत संगठनको अध्यक्ष हुने बताए । संगठनको निर्माणको काम ढिला हुँदा पार्टीको तथा सरकारको पनि धेरै काममा समस्या भएको उनको भनाई थियो ।

उनले कसैको गोजीको मानिस होइन कि सक्षम मानिसलाई पार्टीका हरेक तहको नेतृत्व दिनुपर्नेमा पनि जोड दिए । उनले भने, आजको आवश्यकता एकीकरण भए पनि संगठन निर्माणको नाउँमा गोजीबाट निकालेको ब्यक्तिलाई नेतृत्व दिन सकिदैन ।

उनले पार्टीको सबै तहमा हुने एकीकरण प्रक्रियामा कसैको गोजीको, नाता पर्ने होइन असल, पार्टी सञ्चालन गर्न सक्ने व्यक्ति एकीकृत संगठनको अध्यक्ष हुने बताए ।

नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको आरोप लगाए । कांग्रेसले भ्रष्ट्राचार न्युनीकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भए पनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको बताए ।