१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजन बिरुद्ध धर्नामा बसेका २५ जना चिकित्सक पक्राउ



अ+ अ-
फाईल फोटो

काठमाडौ । कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै असन्तुष्ट बन्दै आएका चिकित्सकहरूलाई प्रहरीले प्रकाउ गरेको छ।

समायोजनविरुद्ध पुन आन्दोलनमा उत्रिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएर बसेका सरकारी चिकित्सकहरूलाई प्रहरीले प्रकाउ गरेको हो ।

पक्राउ गर्ने क्रममा तीन चिकित्सकहरू घाइते भएका छन्। घाइते हुनेहरूमा राकेश यादव कपिल गौतम र विशाल ज्ञावली रहेका छन्।

केही समय आन्दोलन गरेर ३० पुसमा सरकारसँग सम्झौता गरेका सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन प्रक्रिया लागू भइसकेको अवस्थामा पनि सरकारले आफूहरूसँग भएको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएका थिए ।

आइतबार मन्त्रालयमा शान्तिपूर्ण धर्ना दिइरहेका २५ जना चिकित्सकहरूलाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस कल्ब भृकुटीमण्डपमा लगेको धर्नामा सहभागी सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए।