१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र प्रचण्डको दूरी बढ्दै, खास कारण यस्तो



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको द्वन्द्व लम्बिने संकेत देखा परेको छ ।

भेनेजुएला प्रकरणबाट अध्यक्षद्वयमा सुरु भएको राजनीतिक असमझदारी काहा पुगेर समाप्त हुने हो अझै टुङ्गो लाग्न सकेको छैन् । यहि बिषयलाई लिएर समस्या समाधानको निम्ति भन्दै अध्यक्षद्वय शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरी ‘एकताको सन्देश दिने’ सहमती गरिसक्दा पनि यो बिषय सेलाउछ भन्ने कुरामा अझै नेता र कार्यकर्ता तहमा विश्वास नरहेको देख्न सकिन्छ ।

प्रचण्डले भेनेजुएला प्रकरणमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल नगरी दिएको वक्तव्यले एका एक संचार माध्यममा सोचेभन्दा ज्यादा नै तरंग पैदा गरेपछि यो यो बिषयले नेकपाको सचिवालय बैठकमा स्थान पाएको थियो । तर सचिवालय बैठकले उक्त विषयमा ‘टोन डाउन’ गरिएको वक्तव्य दिएर समाधान भएको संकेत दिएपनि अझै उक्त बिषयमा उब्जेका समस्याहरु समाधान भै नसकेको कुरा स्पष्ट देख्न सकिन्छ ।

तर प्रधानमन्त्री ओलीले अमेरिकी राजदूतलाई बालुवाटार बोलाएर ‘वक्तव्य दिने क्रममा प्रचण्ड चिप्लिएर केही शब्द बढी परेको’ स्पष्टीकरण दिएको बाहिरिएपछि दुई अध्यक्षबीचको असमझदारी झन् बढ्यो। र, दुई तिहाई बहुमतको सरकार बनेको एक वर्ष पुग्नै लाग्दा प्रचण्ड पहिलो पटक सरकारको कडा आलोचनामा उत्रिए।

पार्टी एकता प्रक्रियादेखि नै प्रचण्डको विपक्षमा खरो उभिँदै आएका सचिवालय सदस्य ईश्वर पोखरेलले शनिबार नेकपाभित्र ओली–प्रचण्डबीच देखिएको विवादको चुरो नेतृत्वको विषयमा रहेको प्रष्ट संकेत गरेका छन्।

यो प्रकरणले विवादलाई सतहमा ल्याइदिए पनि त्यसअघिदेखि नै ओली र प्रचण्डबीच हार्दिक सम्बन्ध नरहेको बुझाइ नेकपा वृत्तमा छ।

पछिल्लो चरणमा तिक्तता र चिसो बढाउने खास कारण चाहिँ प्रधानमन्त्री ओली देशबाहिर रहेको बेला झम्सीखेलमा दाहालसहित बसेको एउटा गोप्य बैठक रहेको खुलेको छ।