१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको धोबीखोलामा बालिकाको शव भेटियो, जन्मने बित्तिकै फालेको आशंका



अ+ अ-

काठमाडौँ । काठमाडौँ स्थित अनामनगरको धोबीखोलामा बालिकाको शव भेटिएको छ ।

प्रहरीका अनुसार भखैरै जन्मिएको बालिकाको शव खोलाले बगाएर ल्याएको हो। उक्त नवजात बालिकाको शव खोलाले बगाएर ल्याएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले नवजात बालिकाको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाएको अनामनगर प्रहरीले जनाएको छ । इन्सपेक्टर शिवकुमार बुुढाथोकीका अनुसार बच्चा कस्को हो त्यसको अनुसन्धान भइरहेको बताएका छन् ।

प्रहरीका अनुसार बच्चा जन्मने बित्तिकै खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ ।