१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय रेलकाे लिकमा दुई किशोरीको शव फेला



अ+ अ-


पर्साः सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ ।

कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७ वर्षीया किरण चौरसियाको शव फेला परेको हो । 

रेलले किचिएको अवस्थामा दुवैको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

दुवै वीरगञ्जस्थित रानीघाटमा डेरा गरी बस्दै आएका थिए । उनीहरु वीरगञ्जको पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत थिए ।

प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले घटनाबारे विस्तृत जानकारी लिने काम भइरहेको बताउनुभयो ।