७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबल : नेपाल–भारत भिड्दै



अ+ अ-

काठमाडौँ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ ।

पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । प्रतियोगितामा एक÷एक जित निकालेको भारत र म्यानमारको समान तीन÷तीन अङ्क छ ।

नेपाल र इरानले अङक जोड्न सकेका छैनन् । राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् ।