२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको बैठक ११ मिनेटमा नै स्थगित, विद्यार्थी पक्राउ गरिएकोप्रति काँग्रेसको विरोध



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बैठक ११ मिनेटमा नै स्थगित गरिएको छ ।

सोमबार बसेको बैठकले विभिन्न विधेयकहरु सम्बन्धी प्रस्तावहरु पारित गर्दै बैठक मंगलबार फेरि बस्नेगरी स्थगित भएको हो ।

बैठक सुरु भएपछि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट पारित भएको वेपत्ता पारिएका व्यक्ति, सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयकको पारित सम्बन्धी सूचना राष्ट्रिय सभामा पेश गरेका थिए ।

फुयाँलले बोलि सकेपछि काँग्रेस सांसद विन्दा आलेको बोल्ने पालो आएको थियो ।

आलेले नेपाल विद्यार्थी संघका कास्की शाखाका विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको विषयमा सभा मार्फत सरकारको ध्यानाकर्षण गराएकी थिईन् । उनले ती नेताहरुले जलाउँदै नजलाएको गाडी समेत जलाएको भनी झुठा मुद्दामा अझै थुनामा राखेको भन्दै सरकारको विरोध समेत गरेकी थिईन् ।

त्यसपछि सभामा गृहमन्त्री रामबहादुर थापाले ज्येष्ठनागरिक सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन मितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

त्यसपछि अर्थमन्त्री खतिवडाल नै नागरिक लगानी कोष सम्बन्धी विधेयकको दोस्रो संशोधनलाई विधायन समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव समेत सर्वसम्मतीले पारित भएपछि विज्ञापन नियमन गर्नै विधेयकलाई समेत विधायन समितिमा पठाउने निर्णय गर्दै सभाको बैठक मंगलबार विहान ११ बजेसम्मकोलागि स्थगित गरिएको छ ।