२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण बराबरीमा रोकियो बार्सिलोना, रियल मड्रिडलाई फाईदा होला त ?



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ ।

लिग लिडर बार्सिलोनाभन्दा निकै आक्रमक देखिएको बिल्बाओले १३ पटक गोलको प्रयास गर्यो। ५ बल पोस्टको दिशामा गयो। तर सबै प्रयास बार्सिलोनाका गोल रक्षकले विफल बनाए।

यता बार्सिलोनाले १० पटक गोलको प्रयास गरेको थियो। मात्र २ बल पोस्टमा जान सफल भयो। सबै प्रयास विफल भए।

उक्त खेलमा बार्सिलोनाले ६७ प्रतिशत खेल आफ्नो पक्षमा पार्न सफल भयो। तर मात्र ३३ प्रतिशत खेल आफ्नो नियन्त्रणमा लिन सफल बिल्बाओ आक्रमक देखियो।

यसरी निर्धारित समयसम्म दुवै तर्फबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा टुंगियो।

बार्सिलोनाबाट लियोनल मेस्सी पुरा समय मैदान उत्रिएका थिए। यद्यपी उनले कुनै गोल गर्न सकेनन्।

बार्सिलोनासँग बराबरी खेलको एथ्लेटिक बिल्बाओ २७ अंकसहित १३ औं स्थानमा छ। बार्सिलोनको लिगमा ५१ अंकसहित शीर्ष स्थानमै छ । दोस्रो स्थानको रियल मड्रिड बार्साभन्दा ६ अंकले पछि परेको छ।