१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षदेखि थुप्रिएको फोहोर उठेन



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका, ६ स्थित बौद्ध परिर्वतन मार्गमा पाँच वर्षदेखि थुपारिएको फोहोर उठ्न सकेको छैन् । उक्त मार्गको करिब ४ रोपनी क्षेत्रफलको खाली जग्गामा हिँडडुल गर्ने सर्वसाधारणलाई फोहोर फालेपछि सरोकारवालाले चासो नदिँदा अहिले फाहोर थुप्रिएको हो ।

परिवर्तन मार्गमा बस्दै आएका राजकुमार लामाले फोहोरको दुर्गन्धमा रुमलिएर बस्न बाध्य भएको बताए । ‘म बस्दै आएको करिब पाँच वर्ष भयो,’ उनले भने, ‘यो जग्गामा फालिएको फोहोर अहिलेसम्म उठ्न सकेको छैन । फोहोरको दुर्थन्धले बस्न सकिरहेका छैनौँ । तर, सरोकारवाला निकायले यसलाइ बेवास्ता गरिरहेको छ ।’

बौद्ध विकास समितिले २०७१ असारमा उक्त मार्गको पुर्ननिर्माण गरिएको भनी सोही मार्गमा राखिएको बोर्डमा उल्लेख छ । उक्त मार्ग हुँदै बौद्ध स्तुप र जोरपाटी चोक जान सकिन्छ । नागरिक दैनिकमा समाचार छ ।