३० आश्विन २०८१, बुधबार
,
Latest
डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मघाती हमलापछि पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न रोक, टि–सीरिजबाट हटाइयो गीत



अ+ अ-

मुम्बई । कश्मिरको पुलवामा सैनिकमाथि भएको आत्मघाती हमलापछि पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न रोक लगाउने चेतावनी दिइएको छ ।

आइतबार फेडेरेशन अफ वेस्ट इन्डिया सिने इम्प्लोइज् (Federation of Western India Cine Employees) , इन्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टरस् एसोसियसन (Indian Flim & Television Director’s Association) (IFTDA) लगायत २४ फिल्म संघले र्यालीको आयोजना गरेर बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाउन माग गरेका थिए । 

भूषण कुमारको कम्पनी टि–सीरिजले यूट्युब च्यानलबाट सबै पाकिस्तानी गायकको गीत हटाएको छ । टि–सीरिजले १५ फेब्रवरीमा पाकिस्तानी गायक राहत फतेह अली खानले गाएको गीत ‘जिन्दगी’ लन्च गरेको थियो । कम्पनीले अहिले यूट्युव च्यानलको साथसाथै अन्य सामाजिक सञ्जालमा भएको म्यूजिक भिडियो पनि हटाएको छ ।