९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मघाती हमलापछि पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न रोक, टि–सीरिजबाट हटाइयो गीत



अ+ अ-

मुम्बई । कश्मिरको पुलवामा सैनिकमाथि भएको आत्मघाती हमलापछि पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न रोक लगाउने चेतावनी दिइएको छ ।

आइतबार फेडेरेशन अफ वेस्ट इन्डिया सिने इम्प्लोइज् (Federation of Western India Cine Employees) , इन्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टरस् एसोसियसन (Indian Flim & Television Director’s Association) (IFTDA) लगायत २४ फिल्म संघले र्यालीको आयोजना गरेर बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाउन माग गरेका थिए । 

भूषण कुमारको कम्पनी टि–सीरिजले यूट्युब च्यानलबाट सबै पाकिस्तानी गायकको गीत हटाएको छ । टि–सीरिजले १५ फेब्रवरीमा पाकिस्तानी गायक राहत फतेह अली खानले गाएको गीत ‘जिन्दगी’ लन्च गरेको थियो । कम्पनीले अहिले यूट्युव च्यानलको साथसाथै अन्य सामाजिक सञ्जालमा भएको म्यूजिक भिडियो पनि हटाएको छ ।