• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

करणलाई तपसीको जवाफ – ‘हाहाहा’, यो ठाउँमा पुग्नका लागि म अझै योग्य भएकी छैन



बलिउडका नायिका तापसी पन्नुले निर्माता करण जोहरको चर्चित टक शो ‘कफि विथ करण’शोका लागि म योग्य नभएको बताएकी छिन् । हालै मात्र नायिका कंगना रनावतसँ दुश्मनी मोलेका करणले तापसीसँग पनि दुश्मनी मोलेका हुन् ।

हालैमात्र करणको कार्यक्रमको प्रोमोमा कलाकार वीर दासले रमाइलो गर्दै तापसीको नाम जोडेका थिए । यसमा नायिका तापसीले घुमाएर जवाफ दिएकी छिन् ।

तापसीले लेखेकी छिन्–‘हाहाहा, रमाइलो । तर, यो ठाउँमा पुग्नका लागि म अझै योग्य भएकी छैन । म यो श्रृङ्खला हेर्नका लागि हताएिकी छु । तपाइहरु सबै एकदमै रमाइलो गर्नुहुन्छ ।’ करणले यो शोमा बलिउडका थुप्रै नयाँ नायिकालाई निम्तो गरेपनि तापसीलाई भने अहिलेसम्म निम्तो गरेका छैनन् ।

जोहरको ‘कफि विथ करण’मा थुप्रै नयाँ नायिकाहरु सहभागी भैसकेका छन् । तर, यो शोमा नायिका तापसी पन्नु अहिलेसम्म सहभागी हुने अवसर पाएकी छैनन् ।

करणको यो शोमा चलचित्र नै रिलिज नभएकी नायिका अनन्या पाण्डे सहभागी भैसकेकी छिन् ।