२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डन ३’ को छायांकन २०२५ मा सुरु हुने



अ+ अ-

एजेन्सी । बलिउड निर्देशक, निर्माता तथा अभिनेता फरहान अख्तरले रणवीर सिंह र कियारा आडवाणी स्टारर फिल्म ‘डन ३’ को सुटिङ २०२५ मा सुरु हुने पुष्टि गरेका छन् ।

कट्रिना कैफ, प्रियंका चोपडा र आलिया भट्ट स्टारर फिल्म ‘जी ले जरा’ पनि रोकिएको खबर आएको थियो । यसबारे पनि कुरा गर्दै फरहानले यो फिल्म बन्ने र निर्देशन आफूले गर्ने बताए ।

जुन १८ मा फरहान निर्देशित फिल्म ‘लक्ष्य’ले २० वर्ष पूरा गरेको छ । यस अवसरमा फरहानले पिंकभिलासँग कुरा गरे । यस क्रममा उनले फिल्म ‘डन ३’ र ‘जी ले जरा’को बारेमा कुरा गरे ।

फरहानले भने– हामी अर्को वर्ष फिल्म ‘डन ३’ को सुटिङ गर्नेछौँ । म आफै पनि यसको प्रतिक्षामा छु । फिल्म ‘जी ले जरा’को घोषणा पनि गरिसकेका छौं । यसको निर्देशन पनि म गर्छु । मैले चलचित्र निर्देशन गरेको लामो समय भइसकेको छ । मलाई यी चलचित्र निर्देशन गर्न एकदमै मन लाग्छ ।’

अगस्ट २०२३ मा, फरहान अख्तरले फिल्म डन ३ मा शाहरुख खानको स्थानमा रणवीर सिंहलाई कास्ट गरेको खुलासा गरेका थिए । यो खबरले पूरै सनसनी मच्चाएको छ । योसँगै अभिनेत्री कियारा आडवाणीको नाम मुख्य लिडमा परेको छ ।

अमिताभ बच्चन सन् १९७८ को डनमा र शाहरुख खान सन् २००६ को डनमा देखिएका थिए ।