६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी

प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामो बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकबाट सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ ।

संसद् भवन बानेश्वरमा बस्ने बैठकले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट पारित गर्ने छ । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेपछि संसद्को बहुमतले बजेट पारित गर्ने छ ।

त्यसैगरी आजको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्रीले प्रस्तुत गर्नुहुने छ । यस्तै राष्ट्रय ऋण उठाउने विधेयक र भन्सार महसुलसम्बन्धी विधेयकमाथि पनि विचार गरियोस् भनी प्रस्तुत गर्ने कार्यसूची छ ।

यसअघि आज विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्ध्मा सदस्यहरुले सोधेको स्पष्टीकरणको जवाफ दिनुहुने छ ।

यसैगरी युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुहुने छ ।

यसैगरी विभिन्न मन्त्रालयका विभिन्न शीषकमा सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव पनि आजै पेश हुने छन् ।
यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा सुरक्षित कारोबार विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/06/Samsad-1.pdf”]