१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणलाई तपसीको जवाफ – ‘हाहाहा’, यो ठाउँमा पुग्नका लागि म अझै योग्य भएकी छैन



अ+ अ-

बलिउडका नायिका तापसी पन्नुले निर्माता करण जोहरको चर्चित टक शो ‘कफि विथ करण’शोका लागि म योग्य नभएको बताएकी छिन् । हालै मात्र नायिका कंगना रनावतसँ दुश्मनी मोलेका करणले तापसीसँग पनि दुश्मनी मोलेका हुन् ।

हालैमात्र करणको कार्यक्रमको प्रोमोमा कलाकार वीर दासले रमाइलो गर्दै तापसीको नाम जोडेका थिए । यसमा नायिका तापसीले घुमाएर जवाफ दिएकी छिन् ।

तापसीले लेखेकी छिन्–‘हाहाहा, रमाइलो । तर, यो ठाउँमा पुग्नका लागि म अझै योग्य भएकी छैन । म यो श्रृङ्खला हेर्नका लागि हताएिकी छु । तपाइहरु सबै एकदमै रमाइलो गर्नुहुन्छ ।’ करणले यो शोमा बलिउडका थुप्रै नयाँ नायिकालाई निम्तो गरेपनि तापसीलाई भने अहिलेसम्म निम्तो गरेका छैनन् ।

जोहरको ‘कफि विथ करण’मा थुप्रै नयाँ नायिकाहरु सहभागी भैसकेका छन् । तर, यो शोमा नायिका तापसी पन्नु अहिलेसम्म सहभागी हुने अवसर पाएकी छैनन् ।

करणको यो शोमा चलचित्र नै रिलिज नभएकी नायिका अनन्या पाण्डे सहभागी भैसकेकी छिन् ।