९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर

नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर
अ अ+ अ-

बागमती। हेटौँडा उपमहानगरपालिकाले हालै आएको बाढी तथा विपद्को कारण प्रभावित नागरिकहरूमा पर्नसक्ने मनोवैज्ञानिक असरलाई लक्षित गरी निःशुल्क मनोसामाजिक सेवा सुुरु गरेको छ ।

बाढी तथा विपद् पश्चात् नागरिकमा डर, चिन्ता, मानसिक तनाव, असुरक्षाको भावना, निद्रा नलाग्ने, मन आत्तिने, टोलाउने तथा मानसिक रूपमा असहज महसुस हुने जस्ता लक्षण देखा पर्न सक्ने भन्दै उपमहानगरले यस्तो अवस्थाको न्यूनीकरणका लागि मनोसामाजिक सहयोग उपलब्ध गराउन सुरु गरेको सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

विपद्पछिको अवस्थामा देखिने यस्ता समस्याहरू सामान्य मानवीय प्रतिक्रिया भएको उल्लेख गर्दै उहाँले मनोसामाजिक सेवा पश्चात् नागरिकमा आत्मविश्वास बढ्ने, भावनामा सहजता आउने, डर हराएर जाने र दैनिक जीवनमा सहजता आउने बताउनुभयो ।

डर, चिन्ता, मानसिक तनाव आदिका समस्या अनुभव गरिरहेको भएमा आफ्ना मनका कुरा सुरक्षित र गोप्य रूपमा व्यक्त गर्नका लागि मनोपरामर्शकर्ता उपलब्ध गराउँदै उपमहानगरले आवश्यकताअनुसार सेवा लिन सबैमा अनुरोध गरेको छ । उपमहानगरले यसअघि कोभिडको महामारीका समयमा पनि नागरिकका लागि मनोसामाजिक सेवा उपलब्ध गराएको थियो ।  रासस
—