२ श्रावण २०८३, शनिबार
,
Latest
नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुपम खेरको अफिसमा चोरी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अनुपम खेरको मुम्बईस्थित वीरा देसाईको अफिसमा चोरी भएको छ । कार्यालयको लेखा विभागको सेफ बाकस लिएर चोरहरु फरार भएका छन् ।

यति मात्र होइन, चोरहरूले फिल्मको नेगेटिभ बक्स पनि साथमा लगेका छन् । सीसीटीभी फुटेजमा चोरहरू अटोमा बसेको देखिएका छन् ।

अनुपम खेरले यस विषयमा मुम्बई प्रहरीमा उजुरी दिएका छन् । अनुपम खेरले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा यो सम्पूर्ण कुराको जानकारी दिएका छन् । उनले भाँचिएको ढोकाको भिडियो पनि सेयर गरेका छन् । यो घटना १९ जुनको हो ।

चोरहरूले ताला तोडेर नगद सहित करिब ४.१५ लाख रुपैयाँ बराबरको सामान चोरेको प्रहरी अधिकारीले बताए । अनुपम खेरले पनि यसबारे ईटाइम्ससँग कुरा गर्दै चोरहरूले चोरी गरेको रिल झोलामा रहेको बताए ।

अनुपम खेरले भने, ‘यो पुरानो भवन हो, जसमा केही सीसीटीभी क्यामेरा मात्र छन् । मैले पाएको फुटेजमा दुई चोरले मिलेर चोरी गरेको देखेँ । अम्बोली प्रहरीले उनीहरुको खोजी गर्ने आश्वासन दिएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जानकारी गराएको छ ।’