२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुपम खेरको अफिसमा चोरी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अनुपम खेरको मुम्बईस्थित वीरा देसाईको अफिसमा चोरी भएको छ । कार्यालयको लेखा विभागको सेफ बाकस लिएर चोरहरु फरार भएका छन् ।

यति मात्र होइन, चोरहरूले फिल्मको नेगेटिभ बक्स पनि साथमा लगेका छन् । सीसीटीभी फुटेजमा चोरहरू अटोमा बसेको देखिएका छन् ।

अनुपम खेरले यस विषयमा मुम्बई प्रहरीमा उजुरी दिएका छन् । अनुपम खेरले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा यो सम्पूर्ण कुराको जानकारी दिएका छन् । उनले भाँचिएको ढोकाको भिडियो पनि सेयर गरेका छन् । यो घटना १९ जुनको हो ।

चोरहरूले ताला तोडेर नगद सहित करिब ४.१५ लाख रुपैयाँ बराबरको सामान चोरेको प्रहरी अधिकारीले बताए । अनुपम खेरले पनि यसबारे ईटाइम्ससँग कुरा गर्दै चोरहरूले चोरी गरेको रिल झोलामा रहेको बताए ।

अनुपम खेरले भने, ‘यो पुरानो भवन हो, जसमा केही सीसीटीभी क्यामेरा मात्र छन् । मैले पाएको फुटेजमा दुई चोरले मिलेर चोरी गरेको देखेँ । अम्बोली प्रहरीले उनीहरुको खोजी गर्ने आश्वासन दिएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जानकारी गराएको छ ।’