१२ आश्विन २०८१, शनिबार
,
Latest
पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक बच्चनले १५ करोडमा ६ वटा अपार्टमेन्ट किने



अ+ अ-

एजेन्सी । अभिनेता अभिषेक बच्चनले मुम्बईमा १५ करोडको ६ वटा अपार्टमेन्ट किनेका छन् । अभिनेताले यो लगानी बारिवलीको ओबेरोय स्काई सिटी प्रोजेक्टमा गरेका हुन् ।

यी ६ वटा अपार्टमेन्टको संयुक्त क्षेत्रफल ४ हजार ८९२ स्क्वायर फिट रहेको छ, जसलाई अभिनेताले ३१ हजार ४९८ रुपैयाँ प्रति वर्गफुटमा खरिद गरेका छन् ।

मनी कन्ट्रोलको प्रतिवेदनका अनुसार यो बिक्री सम्झौता मे महिनामा भएको हो । यी सबै ६ वटा अपार्टमेन्ट बोरिवली पूर्वमा वेस्टर्न एक्सप्रेस हाइवे छेउमा रहेको भवनको ५७ औं तलामा छन् । दर्ता कागजातहरूले देखाउँछ कि छवटा अपार्टमेन्टहरू मे २८, २०२४ मा दर्ता भएका थिए, जसमा १० कार पार्किङ सुविधा रहेको छ ।

यी छवटा अपार्टमेन्टमध्ये दुई वटा २५२ स्क्वायर फीट आकारका छन्, जबकि दुईवटा अपार्टमेन्ट लगभग १,१०० वर्ग फिटमा फैलिएका छन् । बाँकी दुई अपार्टमेन्टहरू १०८४ वर्ग फिटमा फैलिएका छन् ।

अभिषेकले ओबेरोय रियल्टी अपार्टमेन्टमा पनि लगानी गरिसकेका छन् । २०२१ मा, उनले ओबेरोय रियल्टीको प्रोजेक्ट ुओबेरोय ३६० वेस्टु को वर्ली, मुम्बईमा ४५.७५ करोडमा एउटा अपार्टमेन्ट बेचे ।

उनले यो अपार्टमेन्ट सन् २०१४ मा ४१ करोड रुपैयाँभन्दा बढीमा किनेका थिए । अहिले उनले सोही डिलरबाट करिब १५ करोडमा ६ वटा अपार्टमेन्ट किनेका छन् ।

कामको कुरा गर्दा हालै रिलिज भएको ‘घुमर’ मा अभिषेक क्रिकेट प्रशिक्षकको भूमिकामा देखिएका थिए । उनको आगामी फिल्म ‘बी ह्याप्पी’ हो । यसबाहेक उनी निर्देशक सुजित सरकारको अनटाइटल फिल्ममा पनि देखिनेछन् ।