४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

कर्नाटक प्रहरीको खुलासाः प्रमाण नष्ट गर्नका लागि दर्शनले साथीसँग ४० लाख रुपैयाँ लिए

कर्नाटक प्रहरीको खुलासाः प्रमाण नष्ट गर्नका लागि दर्शनले साथीसँग ४० लाख रुपैयाँ लिए
अ+ अ-

एजेन्सी । बहुचर्चित रेणुकास्वामी हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । घटनाको अनुसन्धान गरिरहेको कर्नाटक प्रहरीले उक्त घटनाका आरोपी कन्नड फिल्म स्टार दर्शन थुगुडेपाले कथित हत्यापछि धेरैसँग सम्पर्क गरेको बताएको छ ।

यसबाहेक घटनामा संलग्न अर्का अभियुक्तले मृतकलाई विद्युतीय झट्का दिएको स्वीकार गरेका छन् । प्रहरीका अनुसार दर्शनले कानुनी कारबाहीबाट बच्न र प्रमाण नष्ट गर्न साथीसँग ४० लाख रुपैयाँ लिएका थिए ।

दर्शनले आफ्ना साथी मोहन राजबाट ४० लाख रुपैयाँ लिएको स्वीकार गरेका छन् । दर्शनको घरबाट श्रीमतीलाई दिएको ३७.४ लाख र ३ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दर्शन र अन्य तीनलाई प्रहरी हिरासतमा राख्न र उनका साथी पवित्र गौडा र बाँकी अभियुक्तलाई न्यायिक हिरासतमा राख्न माग गर्दै बिहीबार अदालतमा हाजिर गरेको थियो । यस हत्याकाण्डमा दर्शन र गौडासहित १७ जनालाई आरोपी बनाइएको छ ।

प्रहरी स्रोतका अनुसार अभिनेताका फ्यान रेणुकास्वामीले गौडालाई अश्‍लील म्यासेज पठाएका थिए जसका कारण दर्शनले आक्रोशित भएर उनको हत्या गरेको कथित छ ।

उनको शव जुन ९ मा नाली नजिक फेला परेको थियो । अभिनेता र धनराज डी, विनय वी र प्रदोष लगायत अन्य अभियुक्तहरूले अनुसन्धानमा सहयोग नगरेको र तथ्य लुकाउन खोजेको पुलिसले अदालतलाई बताएको छ ।

चारैजनालाई अदालतले थप दुई दिन प्रहरी हिरासतमा राखेको छ । अब चारै जनालाई जुन २२ सम्म प्रहरी हिरासतमा राखिने छ भने बाँकीलाई न्यायिक हिरासतमा पठाइएको छ ।

प्रहरीका अनुसार अभियुक्त प्रदोषले प्रमाण नष्ट गर्नमा मुख्य भूमिका खेलेको र अनुसन्धानमा पनि सहयोग नगरेको बताएको छ । यसबारे थप अनुसन्धान हुनेछ । यसबाहेक प्रदोषमाथि मृतकसँगै अर्का आरोपी राघवेन्द्रको फोन पनि नालीमा फालेको आरोप छ, जुन अहिलेसम्म फेला परेको छैन ।

यससँगै प्रहरीले राघवेन्द्रको घरबाट ४ लाख ४० हजार रुपैयाँ र मृतकको सुनको औंठी र चेन पनि बरामद गरेको छ । मृतककी आमाले सुनको औंठी र चेन पहिचान गरेकी छन् । प्रहरी स्रोतका अनुसार चित्रदुर्गस्थित दर्शनको फ्यान क्लबमा कार्यरत मृतक रेणुकास्वामीलाई शेडमा ल्याएर यातना दिएको आरोप लगाइएको थियो, जसका कारण उनको मृत्यु भएको थियो ।

अधिकारीका अनुसार घटनास्थलबाट लठ्ठी, काठका टुक्रा, पानीको बोतल, रगतको दाग, सीसीटीभी फुटेजसहितको डीभीआर जस्ता सामान बरामद गरिएको छ ।