• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य



काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ ।

सेन्ट भिन्सेन्टको आर्नोस भेल स्टेडियममा टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोड्यो । उसका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाजले ४९ बलमा ६० तथा इब्राहिम जाद्रानले ४८ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, करिम जनतले १३ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्सले ह्याट्रिकसहित ३ विकेट लिए । उनले १९ औं ओभरमा ह्याट्रिक लिएका हुन् । उनको यो लगातार दोस्रो ह्याट्रिक हो । यसअघि बंगलादेशसँगको खेलमा पनि कमिन्सले ह्याट्रिक लिएका थिए ।

यस्तै, आडम जाम्पाले २ तथा मार्कुस स्टोइनिसले १ विकेट लिए ।