८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो

जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…

जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…
अ+ अ-

भक्तपुर: “सम्माननीय सभामुखज्यू, संसद्मा माइक तोडफोडलगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुँदैन, शिक्षा विधेयक संसद्बाट कहिले पारित हुन्छ ?”, आज यस्तै प्रश्नबाट घेरिनुभयो प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे । भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘गोल्डेन सुनगाभा संसद् अधिवेशन’मा सहभागी यहाँका विद्यार्थीहरूले एकै स्वरमा उहाँलाई फेरि प्रश्न गरे, “कानुन बनाउने थलोमा अमर्यादित क्रियाकलाप किन हुन्छन्, अत्यावश्यक कानुन पनि समयमै किन बन्दैनन् ?”

जवाफमा सभामुख घिमिरेले भन्नुभयो, “संसद्मा अमर्यादित गतिविधि र तोडफोड नगन्य रूपमा मात्रै हुन्छन् ।”

यति जवाफले विद्यार्थीको चित्त नबुझको भेउ पाएपछि थप प्रष्ट पार्दै उहाँले प्रतिनिधिसभा नियमावलीले संसदीय मर्यादा कायम गराउन आवश्यक प्रबन्ध गरेकाले त्यसमा सांसदहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । “संसद् भवनभित्र सांसदबाट यस्ता गतिविधि भएमा सचेत गराउने, रेकर्डबाट हटाउने, माफी मगाउने, चेतावनी दिने, अटेर गरेर पटकपटक अमर्यादित गतिविधि भए तीन दिनदेखि तीन महिनासम्म सभाबाट निष्काशन गर्ने र जे पनि गर्न खोजे फौजदारी मुद्दा लगाउन सक्ने व्यवस्था नियमावलीमा छ । यसको पालना गर्न आवश्यक छ”, सभामुख घिमिरेले भन्नुभयो ।

यसैगरी शिक्षा विधेयकबारे विद्यार्थीले सोधको जिज्ञासामा उहाँले विधेयक चाँडै पारित गराउन आफूले समन्वय गरिरहेको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “शिक्षा विधेयक संसद्मा टेबुल भएर त्यसमाथि छलफल पनि भएको छ, यसलाई थप छलफलका लागि संसद्को शिक्षा समितिमा समेत पठाइएको छ । विधेयक पारित गराउन मैले समन्वय त गरिरहेको छु तर यो बर्खे अधिवेशनमा पास हुने सम्भावना छैन, हिउँदे अधिवेशनमा पक्कै पारित हुने अपेक्षा गरेका छौँ ।”

यो प्रसङ्गलगत्तै फेरि विद्यार्थीले सोधे, “कक्षा १२ को अध्ययन सकिनेबित्तिकै विदेशिने क्रम रोक्न के व्यवस्था गर्न सकिन्छ होला ?” जवाफमा सभामुख घिमिरेले देशमा बढ्दो बेरोजगार समस्या चुनौतीका रूपमा रहे पनि राज्यले यही केही गर्न सक्ने वातावरण सृजना र सर्बसुलभ तथा गुणस्तरीय शिक्षाका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । “राज्यले यही देशमा केही गर्ने व्यवस्था गर्नुपर्छ र विद्यार्थीले पनि देशको अर्थतन्त्र बलियो बनाउन आफ्नै देशमा केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक छ । मेरो देश मेरो जिम्मेवारी हो भन्ने ठानेर यही काम गर्ने र विदेशिएकाले पनि उताबाट पढाइ सकेर आफ्नै देशमा केही गर्छु भनेर फर्कनुपर्छ”, उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले विसं २०७५ सालमा बालअधिकारसम्बन्धी कानुन पास भएको चर्चा गर्दै बाल अधिकारलाई तीन तहकै सरकारले कार्यान्वयनमा ल्याइसकेको पनि जानकारी गराउनुभएको थियो ।

विद्यार्थीले सामाजिक शिक्षाअन्तर्गत आज सञ्चालन संसद्को अभ्यास गरेका थिए । सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा रहेका विद्यार्थीले सभामुख घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए । सभामा कक्षा १० की छात्रा सुस्मिता शाहीले सभामुख, कक्षा ६ की संस्कृति थापाले प्रधानमन्त्री र कक्षा ७ का रिसभचन्द्र गौतमले शिक्षामन्त्रीको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँहरुले सत्तापक्ष र प्रतिपक्षको रोहमा रहेका ३० जना सांसदले गरेका प्रश्नको जवाफ दिनुभएको थियो । संसद्मा मर्यादापालकको रुपमा तालिमप्राप्त नेपाल स्काउटका विद्यार्थीले भूमिका निर्वाह गरेका विद्यालयका प्रधानाध्यापक महेशचन्द्र गौतमले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले विद्यार्थीले सामाजिक शिक्षा विषयको पाठ्यक्रममा आधारित रहेर संसद्को अभ्यास गरेको बताउनुभयो । यसबाट विद्यार्थीको नेतृत्व विकासमा योगदान पुग्नुका साथै जिज्ञासा मेटाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।रासस