२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

जहाँ दौडेर राजा बन्ने परम्परा थियो…(फोटो फिचर)

जहाँ दौडेर राजा बन्ने परम्परा थियो…(फोटो फिचर)
अ अ+ अ-

गोरखा । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक सम्पदास्थल लिगलिगकोट नेपालको गण्डकी प्रदेश, गोरखा जिल्ला, पालुङटार नगरपालिका वडा नं. २, आँपपिपल खोल्लीमा पर्दछ । यो स्थल समुद्री सतहदेखि १४ सय ३७ मिटर उचाइमा छ । सदरमुकामबाट करिब चार कोस टाढा पर्ने लिगलिगकोट ऐतिहासिक स्थल हो ।

यो स्थान दौड जित्ने मानिस एक वर्षका लागि राजा बन्ने परम्पराका लागि प्रख्यात छ । लिगलिगकोट नेपाल एकीकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो । हाल उक्त दरबार नभए पनि दरवारको भग्नावशेष छ । कोट आसपासमा भत्किएर भग्नावशेष रूपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिर छन् । मस्र्याङ्दी र चेपे नदीको सँगमस्थल चेपेघाटदेखि यस स्थान सम्म दौडेर प्रथम हुने घले राजा हुने परम्परा थियो ।

लिगलिगकोटको नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द लिङलिङ र युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङकोटबाट अपभ्रश भएर बनेको विस्वास गरिन्छ । यो स्थान डाँडाको टुप्पोमा रहेको र त्यहाबाट हेर्दा वरपरको मनमोहक दृश्य देखिन्छ । यो स्थानलाई लिङलिङकोट भनिएको र त्यही शब्द अपभ्रंश भएर लिगलिगकोट भन्न थालिएको हुनसक्ने इतिहासकार तथा स्थानीय वासिन्दा बताउँछन् ।

खस राज्य स्थापना हुनु अघि लिगलिग लगायत सम्पूर्ण गोरखा क्षेत्र मगरहरूको अधिनमा थियो । त्यसैले यहाँका नदी, पहाड, खोला आदिको नाम मगर भाषाबाट नै भएको पाइन्छ । मस्र्याङ्दी, दरौंदी, भुसुन्दी, घिरुङ्ग, खोप्लाङ्गलगायतका नामहरू जस्तै उक्त स्थानको नाम लिङलिङ रहेको र पछि खसहरूको आगमनसँगै उक्त शब्दलाई गलत उच्चारण गरिएर लिगलिग भएको अनुमान गर्न सकिने इतिहासकारहरूको राय छ ।

प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो । राजा यक्ष मल्ल पछि तत्कालिन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो । शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन प्रमुख हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । १६०३ सालमा मुकुन्द सेनको मृत्यु पश्चात उनको छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए ।

त्यसपछि विभिन्न राज्यका मुखियाहरूले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले । यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोरखा क्षेत्रमा नै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बार्पाक आदि राज्यमा विभाजित भयो । यसरी विभाजित राज्यहरू मध्ये लिगलिगकोटमा एउटा नयाँ परम्पराको थालनी भयो– दौडबाट राजा छान्ने परम्परा । प्रत्येक वर्ष विजया दशमीका दिन लिगलिगकोटको मुल दरवारबाट करीब १० किलोमिटर टाढा रहेको चेपेघाटदेखि दौडेर जो पहिला लिगलिगकोटसम्म पुग्थ्यो त्यो व्यक्ति एक वर्षको लागि लिगलिगकोटको राजा हुने गर्दथ्यो ।

आधुनिक नेपालको एकीकरणभन्दा पहिले बाइसे चौबिसे राज्य कालमा लिगलिगकोट चौबिसे राज्य अन्तर्गत पर्दथ्यो । इतिहास अनुसार मगर घलेहरूको उक्त राज्यमा दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि लिगलिगे वाङ (राजा) हुने चलन थियो । अहिले पनि सत्ताको लागि दौडधुप गरी रहनेहरूलाई फरक रूपमा चित्रण गर्दा ‘लिगलिगे दौडमा छन्’ भन्ने गरिन्छ ।

तर, इतिहासलाई हेर्ने हो भने त्यस बेलाको चलन अनुसार दौड गराएर राजा छान्ने चलन तत्कालीन अवस्था अनुसार प्रजातान्त्रिक र उपयुक्त देखिन्छ । त्यस बेला साना–साना राज्यहरूबीच भई रहने झगडा र लडाइँका कारण राज्यलाई संरक्षण गर्न सक्ने जुक्ति र बल भएका व्यक्तिले राज्यको नेतृत्व गर्नु उपयुक्त हुन्थ्यो । त्यही कारण पनि जो सबैभन्दा फूर्तिलो र सबभन्दा बलियो छ, त्यही व्यक्तिलाई राजाको रूपमा छनोट गर्ने चलन बसेको हुन सक्छ।

दलसुर घलेमगर बाह्रौं पटकसम्म लिगलिग राज्यको राजा बने । १३ औं पटकको दौड भने द्रब्यशाहले जिते । दलसुर घले मगरले जित्दै आएको लिगलिगे दौड १६१६ सालमा लमजुङका राजकुमार द्रव्यशाहले दौडेर लिगलिग राज्य आफ्नो हातमा लिएका थिए । द्रव्यशाहको उदयपश्चात् लिगलिगे दौडको परम्परा अन्त्य हुन गयो ।

पहिले लिगलिगकोटलाई ७०० लिगलिग पनि भन्ने गरिन्थ्यो । यसको अर्थ त्यस बेला लिगलिगकोट अन्तर्गत सात सय घर धुरी थिए भन्ने हो । ७०० लिगलिगमा साविक ५ वटा गाविसहरू आँपपिपल, हर्मी, खोप्लाङ, छोप्राक र पालुङटार पर्दथ्यो ।

अहिले पनि लिगलिगकोटमा त्यस समयका कालिका मन्दिर, ५ वटा गढी र दरबारका भग्नावशेष छन्, पुरातात्विक महत्व राख्ने स्थान तथा संरचनाहरू बाँकी नै छन् । यद्यपी लिगलिगकोट यो ऐतिहासिक र पुरातात्विक महत्वमा मात्र सीमित छैन, यहाँको संस्कृति तथा यहाँबाट देखिने र अनुभव गर्न सकिने प्राकृतिक सुन्दरता पनि अलौकिक छ । विशेष गरेर बिहानीको सूर्योदय र साँझको सूर्यास्त, मनोरम हिम श्रृंखलाहरूको दृश्यावलोकन यहाँका आकर्षण हुन् ।यहाँ नेपालको सबैभन्दा ठुलो दाबी गरिएको राष्ट्रिय झण्डा समेत राखिएको छ । जसका कारण पनि पर्यटकहरु का लागि घुमघामको नया गन्तव्य बनेको छ ।

द्रव्यशाह गोरखा राज्यको गद्दीमा आसिन भए पनि उनैका सन्तान पृथ्वीनारायण शाहले साना राज्यहरूको एकीकरण गरी आधुनिक नेपालको जग बसाले । यसै कारणले लिगलिगकोटलाई नेपालको उद्गमस्थल मानिन्छ ।