२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुडिरहेको बसमा आगलागी, २६ जनाको मृत्यु



अ+ अ-

गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी हुन पुगेको थियो । पर्यटक सवार बसमा दुई चालक र एक दुर गाइडसहित बसमा ५६ जना थिए ।

घाइतेमध्ये पाँचको अवस्था चिन्ताजनक रहको छ । उनीहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

प्रहरीले गाडिका दुई चालकलाई हिरासतमा लिएर आगलागी हुनुको कारणबारे अनुसन्धान गरिहेको छ ।

चीनमा अधिकाशं चालकहरु ट्राफिक नियमलाई वेवास्ता गर्ने गर्छन् । यसले गर्दा त्यहाँ विभिन्न समयमा गम्भीर खालका यातायात दुरघटना हुने गर्छन् ।

प्राप्त पछिल्लो रेकर्ड अनुसार सन् २०१५ मा चीनभरी ५८ हजार मानिसहरु सडक दुरघटनामा मारिएका थिए । यातायातसम्बन्धी भएका ९०५ मृत्यु ट्राफिक नियम उलघंनका कारण भएको एक वरिष्ठ यातायात अधिकारीले जानकारी दिए ।

अघिल्लो नोभेम्बरमा चोङकिङ नगरपालिकामा एक बस पुलबाट खस्दा १३ जनाको मृत्यु भएको थियो । बसमा जडान गरेको सिसिटिभी फुटेजमा दुर्घटना हुनु ठीक अघि ड्राइभर र एक यात्रु मुक्कामुक्की गरेको देखिएको थियो ।

आफूले भनेको ठाँउमा नरोकिदिएको भनेर यात्रुले चालकलाई मुक्का हानेपछि चालकले स्टेरिङ छाडेर यात्रुतर्फ फर्केर मुक्का फर्केको र लगतै गाडी पुलको साइडबारमा ठोकिएको देखिन्छ ।

त्यस्तै फेब्रअरीमा सांघाईमा ग्यास सिलिण्डर र पेट्रोलको बोटल लिएर हिँडेको एक भ्यानमा आगो लाग्दा कार छेउमा हिडिरहेका पैदलयात्रुहरु तर्फ जोत्तिएको थियो । दुर्घटनामा १८ जना घाइते भएका थिए । घटना चीनको हुनान प्रान्तको एक राजमार्गमा भएको हो ।