१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
अ अ+ अ-

काठमाडौं । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ सुरु भएको छ । बिहिबार राजधानीको कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा शुभसन्ध्या ब्यान्डको सांगीतिक प्रस्तुतीबाट महोत्सव उद्घाटन गरियो ।

सुरुवातमा जर्मनका चलचित्रकर्मी जिम क्र्याप्ट र बेस्टियन फिस्चेरले निर्देशन गरेको ‘द मार्च अफ होप स्काई’ प्रदर्शन गरियो ।
‘सुरक्षित,व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ भन्ने नारा सहित सुरु भएको चलचित्र महोत्सवमा ३३ वटा देशका ८१ वटा चलचित्र प्रर्दशन गरिने छ । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, एनिमेसन, फिचर लगायत सबै विधाका चलचित्रहरु प्रर्दशन गरिनेछ । नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्रहरु प्रदर्शन गरिनेछ ।

महोत्सवको निर्णायक मण्डल तर्फ नेपालका चलचित्र समिक्षक अनुप सुवेदी, कोरियाका फिल्म समिक्षक चाङ सेवक योङ, मलेसियाका महोत्सव निर्देशक आना हर मेइ योके र रसियाका फिल्म मेकर लिया गिल्मुट्डिनोभा रहेका छन् । महोत्सव उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले समाजमा चेतना विस्तारका लागि चलचित्र सबैभन्दा महत्वपूर्ण साधन भएको बताए । ‘समाज परिवर्तनका लागि चलचित्र राम्रो साधन हो,’ दिमागमा बसेको ‘भिजोल’ले मानिसलाई तत्काल र सकारात्मक छाप बाँचुन्जेल पाछर्, उनले भने ।

मानव अधिकारको विषयलाई चलचित्रमा समेट्न सकिने भन्दै उनले चलचित्रका लागि मानव अधिकार उर्भर विषय भएको बताए ।
सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले राजधानीमा नेपाल मानव अधिकार चलचित्र महोत्सवको सातौं संस्करण सुरु भएको चलचित्र महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए । त्यस्तै, चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले स्वागत मनतव्य राख्दै महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दंगा र आतंकवादी क्रियाकलापका कारण विस्थापितको कथामा निर्माण भएका चलचित्रलाई प्राथमिकतामा राखिएको बताए ।

महोत्सवमा प्रत्येक दिन चलचित्र प्रर्दशन पछि चलचित्रका विभिन्न विषयक अन्र्तक्रिया गरिने छ, भने महोत्सवमा प्रर्दशन भएका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत समेत गरिने छ ।