५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदी पुनः प्रधानमन्त्री भए शान्ति वार्ताको सम्भावना बढीः इमरान खान



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि भारतको आम चुनावमा भारतीय जनता पार्टीको जित भए र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री भए शान्ति वार्ताको सम्भावना अत्यधिक हुने बताएका छन् ।

मंगलबार विदेशी पत्रकारसँग इमरान खानले भारतमा विपक्षी पार्टी कांग्रेसको नयाँ सरकार बनेको खण्डमा उनीहरु पाकिस्तानसँग कुराकानीका लागि डराउन सक्ने बताएका छन् ।

खान भन्छन्, ‘कांग्रेसलाई यो डर भारतको दक्षिणपन्थी पार्टीबाट हुनेछ । बिजेपी दक्षिणपन्थी पार्टी हो र यदि उसले जित्छ भने कश्मिरको विषयमा कुराकानी अघि बढ्न सक्छ । यद्यपि, मोदीको भारतमा मुसलमान पूर्ण रुपमा आफूलाई अलग्गिएको महसुस गर्छन् ।’

उनले थपे, ‘अहिले भारतमा जे भइरहेको छ त्यसबारे मैले कहिले पनि सोचेको थिइनँ । भारतमा मुसलमानको पहिचानमाथि हमला भइरहेको छ । मोदी इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूजस्तै छन् । दुबै डर र राष्ट्रवादी भावनाको आधारमा चुनाव जित्न चाहन्छन् ।’

इमरान खानले भने, ‘बिजेपीले जम्मू–कश्मिरसँग विशेष दर्जा खोस्ने कुरा बताइरहेका छन् र यो निकै चिन्ताजनक छ । यद्यपि, यो चुनावी फण्डामात्रै पनि हुनसक्छ ।’