२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा ट्रम्पको रुससँग साँठगाँठ नभएको मुलर प्रतिवेदन



अ+ अ-

काठमाडौं । सन् २०१६मा सम्पन्न अमेरिकी चुनावमा डोनल्ड ट्रम्पको रुससँग साँठगाँठ नभएको मुलर प्रतिवेदनले देखाएको छ ।

अमेरिकाका महान्यायाधिवक्ता एवं विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले कुनै अमेरिकी वा ट्रम्प अभियानका कसैले पनि षडयन्त्र गरेको वा मिलेमतो गरेको प्रमाण फेला नपारेको निष्कर्ष निकालेको हो ।

चुनावमा डेमोक्र्या्टिक पार्टी तर्फकी प्रत्याशी हिलरी क्लिन्टनका इमेल विकिलिक्स वेबसाइटमा प्रकाशन गर्नुमा ट्रम्प अभियानका कसैको पनि गैरकानुनी भूमिका भएको प्रमाण नभएको समेत उल्लेख गरिएको छ ।

ट्रम्पले राष्ट्रपति पदमा भएको आफ्नो जितलाई अवमूल्यन गर्न विपक्षीले षड्यन्त्र गरेको र त्यसै क्रममा यो अनुसन्धान थालिएको बताएपनि मामिला त्यस्तो नभएको बारले बताएका थिए । यद्यपी, अनुसन्धानका क्रममा ट्रम्पले मुलरलाइ हटाउन खोजेको भने नयाँ विषय बाहिर आएको छ ।