२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्यु भएको भनिएका आईएसका नाइके अल बग्दादी पाँच वर्षपछि भिडियोमा देखिए



अ+ अ-

काठमाण्डौं। इस्लामिक स्टेट (आईएस) विद्रोही समूहका नाइके मानिएका अबु बकर अल बग्दादी बोलेको भिडियो मेसेज सार्वजनिक भएको छ । सन् २०१४ मा इराकी सहर मोसुलमा क्यालिफेट घोषणा गर्ने क्रममा देखिएका पाँच वर्षपछि पहिलो पटक उनी भिडियोमार्फत देखिएका हुन् ।

भिडियो सार्वजनिक भए लगत्तै अमेरिकाले फेरी सो समुलाई ध्वस्त पारिदिने प्रतिबद्धता गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आईएसको नियन्त्रणमा रहेको भूभाग नियन्त्रणमा लिए पनि आईएस विरुद्धको लडाइँ जारी रहेको बताउँदै यस्तो प्रतिबद्धता गरेको हो ।

भिडियोमा अल बग्दादी कालो ड्रेस लगाएर भुईमा बसेका छन् । उनले भिडियोमार्फत हालै श्रीलंकामा भएको एकपछि अर्को आक्रमणबारे आईएसको आफ्नो जिम्मेवारी रहेको प्रशंसासमेत गरेका छन् । उनले आफ्ना लडाकु मारेको प्रतिरोधमा धेरै आक्रमण गरेकोसमेत बताए छन् ।

यसअघि रुस र इराकले हवाई आक्रमणमा अल बग्दादी सम्भवतस् मारिइसकेको घोषणा गरिएको थियो । तर बीबीसीका एक संवाददाताले भने ‘ती व्यत्तिm उनै हुन्, यदि हैन भने कोही अन्य उनी जस्तै देखिने एक हुनुपर्छ’ भन्ने बताएका छन् ।

अमेरिकाले भने सन् २०१७ मा भएको एक आक्रमणमा उनी गम्भीर घाइते भएको र उनलाई महिनौँसम्म युद्धभूमिबाट पर लगिएको बताएको थियो। अब उनको आगमनसँगै आईएसहरुलाइै झन प्रोत्साहन मिल्ने डर देखिएको छ ।

उनको सो भीडियो सोमबार आईएसको मिडिया विंग अल फ्रुकनमा सार्वजनिक भएको हो ।