५ पुष २०८२, शनिबार
,
Latest
चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुयलामा फेरि चर्कियो द्वन्द्व, रक्षामन्त्री दिए चेतावनी



अ+ अ-

काठमाडौं । भेनेजुयलाका विपक्षी नेता जुवान गुइदोले राष्ट्रपति निकोलास मदुरोको शासनकाल अन्त्य गराउन अन्तिम चरणको प्रयत्न गर्ने घोषणा गरेका छन् ।
उनले आफूलाई सेनाको समर्थन रहेको पनि दाबी गरेका छन् । हवाई फौजको एउटा अखडामा रेकर्ड गरिएको र सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा उनी सैनिक पोशाकमा भएका मानिसहरूसँग बसेको देखिन्छन् ।

गुइदोले राष्ट्रपति मदुरोको अवैध शासनको अन्त्यमा सघाउन सेनालाई आह्वान गरेका छन् । सेनाले अहिलेसम्म मदुरोलाई समर्थन गरिरहेको छ र ग्वाइदोलाई समर्थन गर्न अस्वीकार गरेको छ ।

ग्वाइदोले गत ज्यानुअरी महिनामा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए र बढी भन्दा बढी सैनिकहरूले उनलाई समर्थन गरेर राष्ट्रपति मदुरोले हत्याएको सत्ताको अन्त्य गर्न सघाउन आह्वान गरेका थिए ।

ग्वाइदोसँगको मुठभेडमा सेनाले सामान्यतया राष्ट्रपति मदुरोलाई नै समर्थन गरिरहेको छ ।

दुवै पक्षका समर्थकहरू राजधानी कराकसका विभिन्न स्थानमा भेला भैरहेका छन् । ग्वाइदोका समर्थक र सैनिकहरूबीच झडपहरू भैरहेका छन् ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रोनोले सरकारी टेलिभिजनमा बोल्दै सेना राष्ट्रपति मदुरोको पक्षमा रहेकोमा जोड दिएका छन् । उनले केही सैनिकहरूले गर्न खोजेका विद्रोहलाई आंशिक रूपमा पराजित गरिएको तर रक्तपात हुने सम्भावना बलियो रहेको चेतावनी दिएका छन् । यता अमेरिकाले पनि पछिल्लो बस्तुस्थितिलाई नियालीरहेको जनाएको छ ।