२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा विमान ठोक्किँदा चार जनाको मृत्यु



अ+ अ-

काठमाडौं । अमेरिकाको अलास्कामा सोमबार भएको विमान दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सोमकार एघार र पाँच जना यात्रु बोकेका दुई विमान आकासमा ठोक्किएर दुर्घटना भएको हो । ताकुवान एअरको विमान एघार जना यात्रु बोकेर उपचारका लागि अस्पताल लगिएको छ । विमानका पाइलटबारे कम्पनीले जानकारी दिएको छैन ।

पाँच जना सवार विमानका पाइलटसहित तीन जनाको मृत्यु भएको छ। उनीहरू तीनै जना अमेरिकी नागरिक थिए । अर्का एक जना मृतक कुन विमानमा थिए भन्ने यकिन भएको छैन। त्यस्तै दुई जना अझै वेपत्ता छन्।

दुवै विमानमा रोयल प्रिन्सेस क्रुज सिपका पर्यटक थिए। उनीहरू सात दिने भ्रमणमा हिँडेका थिए। कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना स्थानीय समयानुसार १ बजे भएको जनाएको छ ।

दुर्घटनामा परेका विमान क्यानडाको भ्यानकोभर सहरबाट अलास्काको एंकोरेजको रूटमा आउँदै थिए । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ। मृतकमध्ये एक जना क्यानाडाका नागरिक रहेको पनि पुष्टि भएको छ । दुर्घटनाको कारणबारे छानबिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।