२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले दिए इरानलाई सिध्याइदिने धम्की



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएका छन् । उनले अमेरिकालाई नधम्काउन पनि चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त हुनेछ । अमेरिकालाई कहिल्यै धम्की नदिनू ।’

ट्रम्पको यो ट्वीटलाई लिएर अमेरिका र इरानबीच युद्धको बादल मडारिन थालेको टिप्पणी हुन थालेको छ । इरान परमाणु सम्झौतालाई लिएर अमेरिका र इरानबीच केही दिनयता तनाव बढ्दै गएको छ । अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ ।

सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो । यो सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउनु थियो । अमेरिकाले गत वर्ष यस सम्झौता तोडेको थियो । इरानले पनि अहिले सम्झौताबाट आंशिक रुपमा अलग भएको जनाएको छ, अर्थात् सम्झौताका केही सर्त नमान्ने घोषणा गरेको छ ।

चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनी भने अहिले पनि परमाणु सम्झौतामा सामेल छन् । इरानमाथि प्रतिबन्ध लगाएर ट्रम्प प्रशासनले उसको अर्थव्यवस्थामा नोक्सान र्पुयाएको छ । इरानको मुद्राको मूल्य सबैभन्दा तल्लो स्तरमा पुगेको छ र महंगीको दर करिब चौगुणाले बढेको छ । त्यसैले इरानले भने आफूमाथि लगाइएका प्रतिबन्ध नहटाए फेरि युरेनियम उत्पादन र बिक्री सुरु गर्ने चेतावनी दिएको छ ।