२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान खान मोदीको जीतपछि यी कुरामा आशावादी



अ+ अ-

काठमाडौं । भारतीय लोकसभा चुनावको नतिजा लगभग आइसकेको छ । नरेन्द्र मोदीको नेतृत्व भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ठूलो जित हाँसिल गरेको छ । मोदी दोस्रोपटक देशका प्रधानमन्त्री बन्न जाँदैछन् ।

यो ठूलो जितमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । उनले लेखे, ‘म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाजपा र उनका सहयोगी दललाई जीतका लागि बधाई दिन्छु । दक्षिण एशियामा शान्ति, प्रगती र समृद्धिका लागि उनीसँग काम गर्नका लागि आशावादी छु ।’

चुनाव आयोगका अनुसार भाजपाले २८८ सिटमा जित हासिल गरेको छ र थप १५ सिटमा अघि बढिरहेको छ । भाजपाले आफ्नो प्रयासमा ३०३ सिट हाँसिल गरिरहेको देख्न सकिन्छ र भाजपाको नेतृत्व भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ३५० सिटको आँकडा पार गरिसकेको छ । यद्यपी, सबै ५४२ सिटको नतिजा अहिले घोषणा भइसकेको छैन । मतगणना अझै जारी छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले वायनाड सिटबाट चार लाख बढीको भोट अन्तरले जीत हाँसिल गरेको छ भने आफ्नो पारम्पारिक सिट अमेठीबाट उनले हारको सामना गर्नुपरेको छ । अमेठीमा भाजपा उम्मेद्वार स्मृति इरानीले राहुल गान्धीलाई पछि पारिरहेकी छिन् ।