८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुहार हेरेर हैन यसरी थाहा हुन्छ पुरुषहरुको बुद्धिमानी, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । पुरुषको चौडा निधारले उनीहरुको बुद्धिमानी दर्शाउने भनिए पनि एक अध्ययनले अर्कै नतिजा ल्याएको छ । अमेरिकाको मिसौरीका मनोविज्ञानका प्राध्यापक तथा अनुसन्धानकर्ता डा. एकाराकुडी एलियासको ४० वर्षको अनुसन्धानले नयाँ तथ्य पत्ता लागेको हो । डा. एलियासका अनुसार अनुहार होइन पुरुषको छातीका रौंले उनीहरुको बुद्धिमत्ताको संकेत गर्छ । एलियासले आफ्नो अनुसन्धानमा छातीमा धेरै रौं हुने पुरुषहरु बढी बुद्धिमान भएको पाइएको तथ्य सार्वजनिक गरेका छन् ।

पुरुषको छातीका रौं र तिनीहरुले उनीहरुको बद्धिमत्तामा पार्ने प्रभावबारे अनुसन्धान गर्न डा. एलियासले ४० वर्षभन्दा बढी समय खर्च गरेका थिए । सामान्यतथया डाक्टरहरुलाई समाजमा निकै सम्मानका दृष्टिले हेरिन्छ। बुद्धिमान मानिसहरु मात्रै डाक्टर बन्न सक्ने मान्यता छ । डा. एलियासले अमेरिकाका केही अस्पतालहरुमा डाक्टरी पढ्दै गरेका विद्यार्थीहरुबीच सर्वेक्षण गर्दा पनि तिनीहरुमध्ये ४५ प्रतिशतको छातीमा बाक्लो रौं भएको भेटाए । जबकि सामान्य मानिसहरुमध्ये १० प्रतिशतको मात्र छातीमा बाक्लो रौं हुन्छ।

डाक्टर एलियासले इन्जिनियरिङका विद्यार्थीहरुबीचमा पनि यस्तै सर्वेक्षण गरेका थिए । त्यहाँ पनि बाक्लो रौं भएकाहरु उत्कृष्ट विद्यार्थी देखिएका छन् । डा. एलियासले ग्लोबल सोसाइटी मेन्साका १ सय १७ पुरुषहरुमा पनि सर्वेक्षण गरे। यहाँ १४० वा सोभन्दा बढी आइक्यू भएकाले मात्र प्रवेश पाउँछन् । त्यहाँ पनि छातीमा बाक्लो रौं भएकाहरु अत्याधिक भएको पाइएको छ।




भर्खरै