८ भाद्र २०८३, सोमबार
,
Latest
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सुनारले नेपालमा बलात्कार तथा हत्याका घटना बढ्दै गएको भन्दै यस्ता अपराध नियन्त्रणका लागि कठोर कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो।

उहाँले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियारलगायत बलात्कार तथा हत्याका घटनाको स्मरण गर्नुभयो। पछिल्लो समय गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटना पनि उहाँले उल्लेख गर्नुभयो।

सांसद सुनारले पीडितको नाम लिएर संसद्मा घण्टौँ बहस गर्दैमा समस्या समाधान नहुने बताउनुभयो। उहाँले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, ‘बलात्कार र हत्याका घटनाको फेहरिस्त धेरै लामो छ। घण्टौँसम्म सुनाउन र छलफल गर्न सकिन्छ। तर हामी गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ भन्ने विषयमा गम्भीर हुन जरुरी छ। चेलीले नाच्न र बाँच्न पाउनुपर्छ भन्ने कुरामा गम्भीर हुन जरुरी छ।’

बलात्कार र भ्रष्टाचारका अपराधमा कुनै सम्झौता गर्न नहुने उल्लेख गर्दै उहाँले दोषी प्रमाणित भएकाहरूलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो। ‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु,’ उहाँले भन्नुभयो।

सांसद सुनारले बलात्कार तथा भ्रष्टाचारजस्ता गम्भीर अपराध नियन्त्रणका लागि राज्यले प्रभावकारी र कठोर कदम चाल्नुपर्नेमा जोड दिनुभयो।