• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo
Latest
★   रहरले नभई आवश्यकताले संविधान संशोधन: प्रधानमन्त्री ओली ★   बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान ★   सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट ★   ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी ★   भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्काः सभापति लामिछाने ★   राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो: उपप्रधानमन्त्री सिंह ★   लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा ★   संसदमा माधवको ओलीलाई ‘सामान्य अनुरोध’: बिगतलाई समीक्षा गर्दै आत्माआलोचना पनि गर्ने फुर्सद निकाल्नु होला !-पूर्णपाठ ★   संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यकः अध्यक्ष यादव ★   ओलीलक्षित माधवको टिप्पणीः सत्ता प्राप्तिका लागि खेलोफड्को गर्नु उचित होइन

अनुहार हेरेर हैन यसरी थाहा हुन्छ पुरुषहरुको बुद्धिमानी, हेर्नुहोस्



काठमाडौं । पुरुषको चौडा निधारले उनीहरुको बुद्धिमानी दर्शाउने भनिए पनि एक अध्ययनले अर्कै नतिजा ल्याएको छ । अमेरिकाको मिसौरीका मनोविज्ञानका प्राध्यापक तथा अनुसन्धानकर्ता डा. एकाराकुडी एलियासको ४० वर्षको अनुसन्धानले नयाँ तथ्य पत्ता लागेको हो । डा. एलियासका अनुसार अनुहार होइन पुरुषको छातीका रौंले उनीहरुको बुद्धिमत्ताको संकेत गर्छ । एलियासले आफ्नो अनुसन्धानमा छातीमा धेरै रौं हुने पुरुषहरु बढी बुद्धिमान भएको पाइएको तथ्य सार्वजनिक गरेका छन् ।

पुरुषको छातीका रौं र तिनीहरुले उनीहरुको बद्धिमत्तामा पार्ने प्रभावबारे अनुसन्धान गर्न डा. एलियासले ४० वर्षभन्दा बढी समय खर्च गरेका थिए । सामान्यतथया डाक्टरहरुलाई समाजमा निकै सम्मानका दृष्टिले हेरिन्छ। बुद्धिमान मानिसहरु मात्रै डाक्टर बन्न सक्ने मान्यता छ । डा. एलियासले अमेरिकाका केही अस्पतालहरुमा डाक्टरी पढ्दै गरेका विद्यार्थीहरुबीच सर्वेक्षण गर्दा पनि तिनीहरुमध्ये ४५ प्रतिशतको छातीमा बाक्लो रौं भएको भेटाए । जबकि सामान्य मानिसहरुमध्ये १० प्रतिशतको मात्र छातीमा बाक्लो रौं हुन्छ।

डाक्टर एलियासले इन्जिनियरिङका विद्यार्थीहरुबीचमा पनि यस्तै सर्वेक्षण गरेका थिए । त्यहाँ पनि बाक्लो रौं भएकाहरु उत्कृष्ट विद्यार्थी देखिएका छन् । डा. एलियासले ग्लोबल सोसाइटी मेन्साका १ सय १७ पुरुषहरुमा पनि सर्वेक्षण गरे। यहाँ १४० वा सोभन्दा बढी आइक्यू भएकाले मात्र प्रवेश पाउँछन् । त्यहाँ पनि छातीमा बाक्लो रौं भएकाहरु अत्याधिक भएको पाइएको छ।