१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै सञ्चालनमा आएन्न आधा दर्जन सरकारी कार्यालय



अ+ अ-

कैलाली । सशस्त्र द्वन्द्वको समयमा कैलालीको टीकापुर नगरपालिकाबाट विस्थापित भएका आधा दर्जन बढी सरकारी कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् ।

सशस्त्र द्वन्द्वका समयमा कैलालीको सत्तीबाट विस्थापित भएका राष्ट्रिय वाणिज्य बैंक, खाद्य संस्थान, पशु क्वारेन्टाइन चेकपोष्ट, चौगुर्दी छोटी भन्सार कार्यालय, अस्थायी प्रहरी पोष्ट चौगुर्दी, अस्थायी प्रहरी पोष्ट खक्रौला र सटही काउण्टरलगायतका कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । नेपालमा द्वन्द्व चर्किएपछि विसं २०५८ मा साविकको धनसिंहपुर र नारायणपुर गाविसमा रहेका यी कार्यालय विस्थापित भएका थिए ।

साविकको धनसिंहपुर गाविसका पूर्वअध्यक्ष जङ्गबहादुर साउदले द्वन्द्वकालमा भत्काइएको सत्ती प्रहरी चौकी अझै पुनःनिर्माण नभएको बताउनुभयो । “प्रहरी चौकी पुनःनिर्माण नभएका कारण सत्ती प्रहरी चौकी पशु क्वारेन्टाइनको कार्यालयमा बसेको छ ।” द्वन्द्व सकियो, देशमा शान्ति छ तर यहाँ अझै द्वन्द्वका घाउ बाँकी नै छन्”, पूर्वअध्यक्ष साउदले भन्नुभयो, “त्यो बेला विस्थापित भएका कार्यालय शान्ति स्थापना भएको १३ वर्ष पुगिसक्दासमेत पुनःस्थापना हुन नसक्नु दुःखद् कुरा हो ।” यहाँका नागरिकले लामो समयदेखि राष्ट्रिय वाणिज्य बैंक पुनःस्थापनाका लागि पहल गरिरहेका छन् ।

“बैंक पुनःस्थापना नभएका कारण वाणिज्य बैंकमा कारोवार गर्ने व्यापारीले ३५ किलोमिटर टाढा लम्कीबाट सेवा लिन जानुपर्ने बाध्यता छ ।” नेपाली काङ्ग्रेसका नेता देवेन्द्र ढुङ्गानाले भन्नुभयो, “सटही काउन्टर विस्थापित भएपछि नेपाली भारतीय रुपैयाँ साट्दा ठगिने गरेका छन् । नेपालका धेरै मानिस भारतमा रोजगारी गर्छन् । काउण्टर नभएका कारण भारतीय रुपैयाँ साट्दा नेपाली ठगिने गरेका छन् ।” टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले पशु क्वारेन्टाइन कार्यालय पुनःस्थापना नहुँदा पशुपक्षीको आयात, निर्यात बन्द भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँबाट आउनुपर्ने पशुपक्षी धनगढी भएर आउने गरेका छन् । विनाजाँच अवैधरुपमा निकासी हुँदा मानिसको स्वास्थ्यमा असर परेको छ ।”

सत्ती नाकाबाट अवैध भारतीय माछा भने नेपाली बजारमा आउने गरेको छ । स्थानीय प्रशासनले यसमा कडाइ गर्न भने सकेको छैन । द्वन्द्वकालमा सत्ती छोटी भन्सार कार्यालय भवनसमेत भत्काइएको थियो । भत्काइएको सो कार्यालय भवन भने निर्माण भएको छ । त्यसबाहेकका अन्य कार्यालय पुनःस्थापना हुन सकेको छैन ।