५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै सञ्चालनमा आएन्न आधा दर्जन सरकारी कार्यालय



अ+ अ-

कैलाली । सशस्त्र द्वन्द्वको समयमा कैलालीको टीकापुर नगरपालिकाबाट विस्थापित भएका आधा दर्जन बढी सरकारी कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् ।

सशस्त्र द्वन्द्वका समयमा कैलालीको सत्तीबाट विस्थापित भएका राष्ट्रिय वाणिज्य बैंक, खाद्य संस्थान, पशु क्वारेन्टाइन चेकपोष्ट, चौगुर्दी छोटी भन्सार कार्यालय, अस्थायी प्रहरी पोष्ट चौगुर्दी, अस्थायी प्रहरी पोष्ट खक्रौला र सटही काउण्टरलगायतका कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । नेपालमा द्वन्द्व चर्किएपछि विसं २०५८ मा साविकको धनसिंहपुर र नारायणपुर गाविसमा रहेका यी कार्यालय विस्थापित भएका थिए ।

साविकको धनसिंहपुर गाविसका पूर्वअध्यक्ष जङ्गबहादुर साउदले द्वन्द्वकालमा भत्काइएको सत्ती प्रहरी चौकी अझै पुनःनिर्माण नभएको बताउनुभयो । “प्रहरी चौकी पुनःनिर्माण नभएका कारण सत्ती प्रहरी चौकी पशु क्वारेन्टाइनको कार्यालयमा बसेको छ ।” द्वन्द्व सकियो, देशमा शान्ति छ तर यहाँ अझै द्वन्द्वका घाउ बाँकी नै छन्”, पूर्वअध्यक्ष साउदले भन्नुभयो, “त्यो बेला विस्थापित भएका कार्यालय शान्ति स्थापना भएको १३ वर्ष पुगिसक्दासमेत पुनःस्थापना हुन नसक्नु दुःखद् कुरा हो ।” यहाँका नागरिकले लामो समयदेखि राष्ट्रिय वाणिज्य बैंक पुनःस्थापनाका लागि पहल गरिरहेका छन् ।

“बैंक पुनःस्थापना नभएका कारण वाणिज्य बैंकमा कारोवार गर्ने व्यापारीले ३५ किलोमिटर टाढा लम्कीबाट सेवा लिन जानुपर्ने बाध्यता छ ।” नेपाली काङ्ग्रेसका नेता देवेन्द्र ढुङ्गानाले भन्नुभयो, “सटही काउन्टर विस्थापित भएपछि नेपाली भारतीय रुपैयाँ साट्दा ठगिने गरेका छन् । नेपालका धेरै मानिस भारतमा रोजगारी गर्छन् । काउण्टर नभएका कारण भारतीय रुपैयाँ साट्दा नेपाली ठगिने गरेका छन् ।” टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले पशु क्वारेन्टाइन कार्यालय पुनःस्थापना नहुँदा पशुपक्षीको आयात, निर्यात बन्द भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँबाट आउनुपर्ने पशुपक्षी धनगढी भएर आउने गरेका छन् । विनाजाँच अवैधरुपमा निकासी हुँदा मानिसको स्वास्थ्यमा असर परेको छ ।”

सत्ती नाकाबाट अवैध भारतीय माछा भने नेपाली बजारमा आउने गरेको छ । स्थानीय प्रशासनले यसमा कडाइ गर्न भने सकेको छैन । द्वन्द्वकालमा सत्ती छोटी भन्सार कार्यालय भवनसमेत भत्काइएको थियो । भत्काइएको सो कार्यालय भवन भने निर्माण भएको छ । त्यसबाहेकका अन्य कार्यालय पुनःस्थापना हुन सकेको छैन ।