• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   सिमलताल दुर्घटना: कार्यदलले ११ दिनमा पनि सकेन काम, थप सात दिन माग ★   काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात ★   एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   इजराइली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला ★   धरापमा जडिबुटीको मनोहरा निलो पुल र बुद्धनगरको धोविखोला पुल… ★   प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन ★   अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर ★   भ्रष्टाचारको आरोपपछि अमेरिकी सिनेटर बब मेनेन्डेजले राजीनामा दिने ★   नर्सरी व्यवसायमा धामी परिवारका तीन दशक ★   २०२३ मा जापानको जनसङ्ख्यामा सबैभन्दा ठूलो गिरावट

चार सन्तानकी आमाले प्रेम बिहे गर्न नमानेपछि छोरी लिएर फरार



फाइल फोटो

काठमाडौं । माया र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने विश्वव्यापी मान्यता रहँदै आएको छ । यस्तै चार सन्तानकी आमासँग अशक्त एक व्यक्तिले महिलाले विहेको प्रस्ताव अस्वीकार गरेको झोंकमा उनकै ९ वर्षकी छोरीको अपहरण गरेका छन् । प्रहरीले सय बढी सिसिटिभी फुटेज अनुसन्धान गरेपछि १२ घण्टाभित्रै अपहरणको घटना फर्दाफास भएको हो ।

यो घटना भारतको राजधानी दिल्लीको हो । भारतीय समाचार माध्यमका अनुसार जून २ तारिख ९जेठ १९० दिउँसो दुई बजे बालिका घर नजिकैको पसलमा अण्डा लिन गएकी थिइन् । लामो समयपछि पनि छोरी घर नफर्केपछि आमाले खोजतलास शुरु गरिन् । कतै पनि नभेटेपछि यसबारे पुलिसलाई जानकारी दिइन् ।

उजुरीपछि पुलिसले वरिपरीको सिसिटिभी फुटेज अनुसन्धान गर्दा कमलेश नामका एक व्यक्तिले बालिकालाई फकाएर आफूसँगै लगेको पत्ता लाग्यो । स्रोतका अनुसार केही दिनअघि कमलेशलाई बालिकाकी आमाले घरको मर्मतका लागि बोलाएकी थिइन् । कमलेश दैनिक ज्यालादारी गर्ने एक मजदुर हुन् ।

उनी युपीमा बस्छन् । पीडित महिला चार सन्तान छन् । आरोपी कमलेशले उनकी सबैभन्दा कान्छी छोरीको अपहरण गरेका थिए । पक्राउ पछि आरोपीले महिलालाई विवाहको प्रस्ताव राखेको र उनले अस्वीकार गरेपछि त्यसको बदला लिन उनकै छोरीको अपहरण गरेको बयान प्रहरीलाई दिएर सबैलाई चकित बनाएका छन् । उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको छ ।