२१ आश्विन २०८१, सोमबार
,
Latest
मादक पदार्थ सेवन छाड्नेलाई नगदसहित सम्मान सेवाग्राहीलाई प्रसुती तथा स्त्रीरोग अस्पतालले भन्यो: दशैं/तिहार विदामा पनि उपचार हुन्छ दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित विकास र विपत्तिमा राजनीति नगर्न गृहमन्त्री लेखकको आग्रह सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार सन्तानकी आमाले प्रेम बिहे गर्न नमानेपछि छोरी लिएर फरार



अ+ अ-
फाइल फोटो

काठमाडौं । माया र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने विश्वव्यापी मान्यता रहँदै आएको छ । यस्तै चार सन्तानकी आमासँग अशक्त एक व्यक्तिले महिलाले विहेको प्रस्ताव अस्वीकार गरेको झोंकमा उनकै ९ वर्षकी छोरीको अपहरण गरेका छन् । प्रहरीले सय बढी सिसिटिभी फुटेज अनुसन्धान गरेपछि १२ घण्टाभित्रै अपहरणको घटना फर्दाफास भएको हो ।

यो घटना भारतको राजधानी दिल्लीको हो । भारतीय समाचार माध्यमका अनुसार जून २ तारिख ९जेठ १९० दिउँसो दुई बजे बालिका घर नजिकैको पसलमा अण्डा लिन गएकी थिइन् । लामो समयपछि पनि छोरी घर नफर्केपछि आमाले खोजतलास शुरु गरिन् । कतै पनि नभेटेपछि यसबारे पुलिसलाई जानकारी दिइन् ।

उजुरीपछि पुलिसले वरिपरीको सिसिटिभी फुटेज अनुसन्धान गर्दा कमलेश नामका एक व्यक्तिले बालिकालाई फकाएर आफूसँगै लगेको पत्ता लाग्यो । स्रोतका अनुसार केही दिनअघि कमलेशलाई बालिकाकी आमाले घरको मर्मतका लागि बोलाएकी थिइन् । कमलेश दैनिक ज्यालादारी गर्ने एक मजदुर हुन् ।

उनी युपीमा बस्छन् । पीडित महिला चार सन्तान छन् । आरोपी कमलेशले उनकी सबैभन्दा कान्छी छोरीको अपहरण गरेका थिए । पक्राउ पछि आरोपीले महिलालाई विवाहको प्रस्ताव राखेको र उनले अस्वीकार गरेपछि त्यसको बदला लिन उनकै छोरीको अपहरण गरेको बयान प्रहरीलाई दिएर सबैलाई चकित बनाएका छन् । उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको छ ।