४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ
अ+ अ-

काठमाडौं । प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ३६७ केजी अवैध लागुपदार्थ–गाँजासहित सोम मगर, दिल्लीराम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाइछिपाइ राखेको नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको थियो ।

उदयपुरको कटारी नगरपालिका–४ मरूवा खोलाबाट १९९ किलो गाँजासहित सोही वडाको कान्छी बजार बस्ने २१ वर्षीय सोम मगरलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीले चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट १६८ किलो गाँजासहित दुई जनालाई आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–२ भृकुटीचोक बस्ने मध्यबिन्दु नगरपालिका–७ मिलनचोकका ५१ वर्षीय दिल्लीराम थारू र राप्ती नगरपालिका–१ पिप्ले बस्ने ३६ वर्षीय कर्णबहादुर तामाङ छन् ।

जिप्रका चितवनबाट खटिएको प्रहरीले बा प्र ०३–०१–०२३ च ५८२८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल्लीराम र कारमा सवार कर्णबहादुरलाई पक्राउ गरेको हो ।