२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र मोदीबीच जापानमा के भयो गोप्य वार्ता ?



अ+ अ-

काठमाडौं। विश्वको २० ठूला अर्थतन्त्र भएको देशहरुको सम्मेलनमा सहभागी हुन जापान पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ ।

भारत र अमेरिकाबीच व्यापारका विषयमा मतभेद बढ्दै गएको समयमा दुवै नेताहरुबीच जापानको ओशाकामा भेटवार्ता भएको हो । जसलाई पर्यवेक्षकहरुले महत्वका साथ हेरेका छन् ।

भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हालै अमेरिकी सामानहरु भन्सार बढाउने भारतीय निर्णय अस्वीकार्य भएको बताएका थिए । अमेरिकाले भारतीय सामानहरुलाई सौविध्य व्यापारको सूचीबाट हटाएको प्रतिक्रियामा भारतले अमेरिकी सामानमाथि भन्सार दर बढाउने निर्णय गरेको थियो ।

जि ट्वान्टी सम्मेलनका क्रममा शक्ति राष्ट्रका नेताहरुबीच द्वीपक्षीय र त्रिपक्षीय भेटवार्ता जारी रहेको छ ।