६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र मोदीबीच जापानमा के भयो गोप्य वार्ता ?



अ+ अ-

काठमाडौं। विश्वको २० ठूला अर्थतन्त्र भएको देशहरुको सम्मेलनमा सहभागी हुन जापान पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ ।

भारत र अमेरिकाबीच व्यापारका विषयमा मतभेद बढ्दै गएको समयमा दुवै नेताहरुबीच जापानको ओशाकामा भेटवार्ता भएको हो । जसलाई पर्यवेक्षकहरुले महत्वका साथ हेरेका छन् ।

भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हालै अमेरिकी सामानहरु भन्सार बढाउने भारतीय निर्णय अस्वीकार्य भएको बताएका थिए । अमेरिकाले भारतीय सामानहरुलाई सौविध्य व्यापारको सूचीबाट हटाएको प्रतिक्रियामा भारतले अमेरिकी सामानमाथि भन्सार दर बढाउने निर्णय गरेको थियो ।

जि ट्वान्टी सम्मेलनका क्रममा शक्ति राष्ट्रका नेताहरुबीच द्वीपक्षीय र त्रिपक्षीय भेटवार्ता जारी रहेको छ ।