२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेनमार्कका प्रधानमन्त्री कार्यकाल सक्किएपछि झोला बोकेर एक्लै निवासबाट बाहिरिए !



अ+ अ-

काठमाडौँ । डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रास्मोशेनको ४ बर्षे कार्यकाल समाप्त भएको छ । आफ्नो कार्यकालको ३ बर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका छन् ।

आफु प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै पुर्वप्रधानमन्त्री लार्सले ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद दिए । कार्यकाल सक्किएपछि निवास छाडेका लार्सले एउटा सामान्य झोला मात्र बोकेर बाहिरिए । सामान्य रुपमा निवास छोडेर बाहिर निस्केको तस्विर उनले सामाजिक संजाल फेसबुकमा समेत राखेका छन् ।

सामाजिक संजालमा उनले राखेको तस्वीर केही समयमै भाइरल बनेको छ । निकै सरल तरिका र सुरक्षाकर्मीको साथबिना नै प्रधानमन्त्री जस्तो व्यक्ति सामान्य ढंगले निवासबाट बाहिरिएको भन्दै चौतर्फी चर्चा भएको छ ।

डेनमार्कका लागि २५ औँ प्रधानमन्त्री लार्सको कार्यकाल सक्किएपछि नयाँ प्रधानमन्त्रीको रुपमा मेट फ्रेडरिकसन नियुक्त भएका छन् । उनि डेनमार्कको सोसल डेमोक्रेट्स पार्टीका तर्फबाट २६ औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।