काठमाडौँ। नेकपा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा सहमति भए मात्र एमसीसी सदनमा पेस हुने बताउनु भएको छ । संसदको हिउँदे अधिवेशन सुरू हुन अघि माओवादी केन्द्रका सासंदहरुसंग छलफल गर्दै दाहालले सम्झौतामा रहेका राष्ट्रहित विपरीतका कुराहरूमा संशोधन नभएसम्म अघि बढ्न नसक्ने बताउनु भएको छ ।
बैठकले राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिव रामनारायण बिडारी चयन गरेको नेता बिडारीले जानकारी दिनुभयो । यसैगरी बैठकले २१ सदस्यीय संसदीय बोर्डको पनि गठन गरेको छ ।
संसदीयदलको कार्यलय शिहदरबारमा बसेको बैठकमा दाहालले सदस्यहरुले उठाएका विभिन्न जिज्ञासाको जवाफ दिनुभएको थियो । दाहालले हिउँदे अधिवेशनलाई प्रभावकारी निर्देशन दिँदै संसदको गतिरोध हटाउन सर्वदलीय बैठक बस्ने जानकारी गराउनु भएको थियो ।