२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमति बिना एमसीसी पेश हुँदैन : प्रचण्ड



अ+ अ-

काठमाडौँ। नेकपा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा सहमति भए मात्र एमसीसी सदनमा पेस हुने बताउनु भएको छ । संसदको हिउँदे अधिवेशन सुरू हुन अघि माओवादी केन्द्रका सासंदहरुसंग छलफल गर्दै दाहालले सम्झौतामा रहेका राष्ट्रहित विपरीतका कुराहरूमा संशोधन नभएसम्म अघि बढ्न नसक्ने बताउनु भएको छ ।  

बैठकले राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिव रामनारायण बिडारी चयन गरेको नेता बिडारीले जानकारी दिनुभयो । यसैगरी बैठकले २१ सदस्यीय संसदीय बोर्डको पनि गठन गरेको छ ।

संसदीयदलको कार्यलय शिहदरबारमा बसेको बैठकमा दाहालले सदस्यहरुले उठाएका विभिन्न जिज्ञासाको जवाफ दिनुभएको थियो । दाहालले हिउँदे अधिवेशनलाई प्रभावकारी निर्देशन दिँदै संसदको गतिरोध हटाउन सर्वदलीय बैठक बस्ने जानकारी गराउनु भएको थियो ।