१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर कोइरालाले देउवासँग चुनाव लड्ने



अ+ अ-

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो धेरै मत ल्याएका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचन लड्ने भएका छन् । 

बढी मत ल्याएका अर्का सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग कोइराला दोस्रोपटक चुनाव लड्ने भएका हुन् । 

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला देउवासँग चुनाव लड्न तयार भएको बताए। 

यता, दोस्रो चरणको चुनावमा देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गर्ने घोषणा गरिसकेका छन् । 

तीन उम्मेदवारको समर्थन पाएका देउवाको जित सुनिश्चितजस्तै छ । 

शेखरले अहिले हात्तीसारस्थित एक होटलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्दै आफू चुनाव लड्ने घोषणा गर्दैछन् । 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको छ । 

सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको थियो । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।