२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित

इथियोपियामा भेटियो लिङ्ग जस्ता रहस्यमय ढुङ्गा

इथियोपियामा भेटियो  लिङ्ग जस्ता रहस्यमय ढुङ्गा
अ अ+ अ-

आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा रहेको २० फिट लामो लिङ्गको आकारको रहस्यमय ढुङ्गा दुई हजार ७० वर्ष पुरानो हो । यो पहिलेको अनुसन्धानभन्दा एक हजार वर्ष पुरानो हो। वासिङ्टन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यी मोनोलिथहरूबारे हालै गरेको अनुसन्धानमा यस्तो खुलासा गरेका हुन् । उनीहरुले चेल्बा टुटुटी, साकारो सोडो र सोडितीमा बनेका यी ढुङ्गाको आधारबाट फेला परेको चारकोलको नमूना परीक्षण गर्दा यस्तो पत्ता लागेको हो ।

यी तीनै ठाउँहरू इथियोपियाको गेडियो जोन क्षेत्रमा पर्छन् । यस क्षेत्रमा अफ्रिकाका सबैभन्दा धेरै महापाषाणकालका मोनोलिथहरू छन् । त्यहाँ ६० ठाउँमा १० हजार स्मारकहरू छन्। साकारो सोडोमा निर्माण गरिएका स्मारकहरू सम्भवतः ईसापूर्व ५० मा निर्माण गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। यसअघि यी मोनोलिथहरु ११ ईसापूर्वमा बनाइएको भन्ने मान्यता थियो । यो खोजपछि अब लिङ्ग जस्तो आकारका यी ढुङ्गाको वास्तविक उमेर पत्ता लागेको छ ।

अनुसन्धानकर्ताहरूले यी ढुङ्गाको उमेर पत्ता लगाउन सके पनि यिनलाई बनाउनुको उद्देश्य के हो भन्ने खुल्न सकेको छैन । यद्यपि विज्ञहरूका अनुसार केही ढुङ्गाहरू चिहानका रूपमा प्रयोग गरिएको थियो। तर केही विज्ञहरुले यी ढुङ्गाहरु एक पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरणको सम्झनामा बनाइएको बताएका छन् । 

यो अनुसन्धान पुरातत्वविद् अशेन्फी जेना र उनको टोलीले गरेको हो । डा जेनाका अनुसार साकारो सोडो संसारमा सबैभन्दा कम अध्ययन गरिएको साइट हो। ‘हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ’, उहाँले भन्नुभयो। यो टोली पहिलो पटक सन् २०१३ मा आएको थियो र त्यसपछि साइट अध्ययन गर्ने निर्णय गर्यो। यति सानो ठाउँमा यति धेरै स्मारक हुनु आफैँमा स्तब्धकारी भएको उहाँले बताउनुभयो । विज्ञहरूले सबै प्रमाणहरू जाँच गरेपछि यी ढुङ्गाहरू विभिन्न उद्देश्यका लागि प्रयोग भएको पत्ता लगाए।