२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित

नेतृत्व परिवर्तनमा चुकेका सिंह र निधि

नेतृत्व परिवर्तनमा चुकेका सिंह र निधि
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा रुपान्तरण आवश्यक छ भन्दै पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पहिलो चरणमा तेस्रो स्थान हासिल गर्नुभएका प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा अन्ततः पुरानै नेतृत्वलाई पार्टीको जिम्मेबारी सुम्पिने निर्णय गर्नुभएको छ । अर्थात उहाँले दोस्रो चरणको निर्वाचनमा वर्तमान सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ । 

पार्टीको १३औँ महाधिवेशनमा निर्वाचित नेतृत्वले पार्टीको विगतको छविअनुसार काम गर्न नसकेको तथा सो महाधिवेशनबाट जिम्मेबारी पाएकाले इमान्दारीपूर्वक आफ्नो काम सम्पन्न गर्न नसकेको भन्दै उहाँले संस्थापन इतर पक्षबाटै नेतृत्व आउनुपर्ने बताउँदै आउनुभएको थियो । तर संस्थापन इतर पक्षमै सर्वसम्मत उम्मेदवार चयन हुननसकेपछि शेखर कोइरालासँगै उहाँले पनि सभापति पदमा उम्मेदवारी दिनुभयो । 

आफूलाई नेचुरल क्यान्डिडेट बताउनुभएका सिंहले ग्रासरुटदेखि नै राजनीति गर्दै आएकाले यसपालिको महाधिवेशनमा संस्थापन इतर पक्षले आफूलाई सर्वसम्मत उम्मेदवार चयन गरोस् भन्ने चाहनुभएको थियो । अर्का आकांक्षी शेखर कोइरालाले पनि सभापति पदमा उठ्ने बताएपछि दुवैबीच सहमति गराउन प्रयास भएको थियो । यद्यपि संस्थापन इतर पक्षमा सर्वसम्मत उम्मेदवार छान्न नसकेपछि सो पक्षमा फुट आएको थियो र उहाँहरुले एक्लाएक्लै उम्मेदवारी दिनुभएको थियो । 

दुवैजना संस्थापन इतर समूहका भए पनि सो समूहको ठूलो हिस्साले शेखर कोइरालालाई धेरै मत दिएपछि कोइराला राजनीतिमा आफूभन्दा निकै कनिष्ठ भएको बताउँदै आउनुभएका सिंह देउवालाई नै समर्थन गर्ने निर्णयमा पुग्नुभएको हुनसक्छ । यद्यपि देउवा र उहाँबीच राजनीतिक लेनदेनको कुरा पनि हुनसक्छ । त्यो भविष्यमा देखिने नै छ ।  

अर्को महाधिवेशनमा आफूलाई सभापति बनाउने शर्तमा १३ औँ महाधिवेशनमा देउवालाई भरपूर सहयोग गर्नुभएका विमलेन्द्र निधिले त्यस्तो आश्वासन नपाएपछि संस्थापन पक्षबाट विद्रोह गरेर सभापति पदमा उम्मेदवारी दिनुभयो । पहिलो चरणको निर्वाचनमा चौथो स्थान हासिल गर्नुभएका उहाँले पनि दोस्रो चरणको निर्वाचनमा देउवालाई नै समर्थन गर्ने घोषणा गर्नुभएको छ । 

पहिलो चरणको मत परिणाम सार्वजनिक भएलगत्तै नेतृत्व परिवर्तनका पक्षमा एकजुट हुनुपर्छ भन्दै आउनुभएका निधिले सम्भवतः सिंहको पछिल्लो निर्णयले देउवाको जीत सुनिश्चित हुने देखेर आफ्नो कित्ता उतै सोझ्याउनुभएको हो । संस्थापन इतर पक्षमा सर्वसम्मत उम्मेदवार चयन हुन नसकिरहेको बेलामा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सबैले सर्वसम्मत सभापति बनाउने हो भने आफू सभापति पदको दौडबाट अलग्गिने बताउनुभएको थियो । अर्थात उहाँको धारणा पनि १४औँ महाधिवेशनले नेतृत्व परिवर्तन गरोस् भन्ने नै थियो । 

पहिलो चरणको निर्वाचनमा प्राप्त मतलाई हेर्दा देउवाविरुद्ध कोइराला, सिंह र निधिको मात्र मत जोड्ने हो भने पनि दोस्रो चरणको निर्वाचनमा कोइरालाको जित सुनिश्चित देखिन्छ । तर संस्थापन इतर पक्षमा रहेर र संस्थापन पक्षबाटै विद्रोह गरेर नेतृत्व परिवर्तनको नारा दिँदै आउनुभएका दुवै नेता यस्तो अवसरबाट चुक्नुभएको छ ।