१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्व परिवर्तनमा चुकेका सिंह र निधि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा रुपान्तरण आवश्यक छ भन्दै पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पहिलो चरणमा तेस्रो स्थान हासिल गर्नुभएका प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा अन्ततः पुरानै नेतृत्वलाई पार्टीको जिम्मेबारी सुम्पिने निर्णय गर्नुभएको छ । अर्थात उहाँले दोस्रो चरणको निर्वाचनमा वर्तमान सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ । 

पार्टीको १३औँ महाधिवेशनमा निर्वाचित नेतृत्वले पार्टीको विगतको छविअनुसार काम गर्न नसकेको तथा सो महाधिवेशनबाट जिम्मेबारी पाएकाले इमान्दारीपूर्वक आफ्नो काम सम्पन्न गर्न नसकेको भन्दै उहाँले संस्थापन इतर पक्षबाटै नेतृत्व आउनुपर्ने बताउँदै आउनुभएको थियो । तर संस्थापन इतर पक्षमै सर्वसम्मत उम्मेदवार चयन हुननसकेपछि शेखर कोइरालासँगै उहाँले पनि सभापति पदमा उम्मेदवारी दिनुभयो । 

आफूलाई नेचुरल क्यान्डिडेट बताउनुभएका सिंहले ग्रासरुटदेखि नै राजनीति गर्दै आएकाले यसपालिको महाधिवेशनमा संस्थापन इतर पक्षले आफूलाई सर्वसम्मत उम्मेदवार चयन गरोस् भन्ने चाहनुभएको थियो । अर्का आकांक्षी शेखर कोइरालाले पनि सभापति पदमा उठ्ने बताएपछि दुवैबीच सहमति गराउन प्रयास भएको थियो । यद्यपि संस्थापन इतर पक्षमा सर्वसम्मत उम्मेदवार छान्न नसकेपछि सो पक्षमा फुट आएको थियो र उहाँहरुले एक्लाएक्लै उम्मेदवारी दिनुभएको थियो । 

दुवैजना संस्थापन इतर समूहका भए पनि सो समूहको ठूलो हिस्साले शेखर कोइरालालाई धेरै मत दिएपछि कोइराला राजनीतिमा आफूभन्दा निकै कनिष्ठ भएको बताउँदै आउनुभएका सिंह देउवालाई नै समर्थन गर्ने निर्णयमा पुग्नुभएको हुनसक्छ । यद्यपि देउवा र उहाँबीच राजनीतिक लेनदेनको कुरा पनि हुनसक्छ । त्यो भविष्यमा देखिने नै छ ।  

अर्को महाधिवेशनमा आफूलाई सभापति बनाउने शर्तमा १३ औँ महाधिवेशनमा देउवालाई भरपूर सहयोग गर्नुभएका विमलेन्द्र निधिले त्यस्तो आश्वासन नपाएपछि संस्थापन पक्षबाट विद्रोह गरेर सभापति पदमा उम्मेदवारी दिनुभयो । पहिलो चरणको निर्वाचनमा चौथो स्थान हासिल गर्नुभएका उहाँले पनि दोस्रो चरणको निर्वाचनमा देउवालाई नै समर्थन गर्ने घोषणा गर्नुभएको छ । 

पहिलो चरणको मत परिणाम सार्वजनिक भएलगत्तै नेतृत्व परिवर्तनका पक्षमा एकजुट हुनुपर्छ भन्दै आउनुभएका निधिले सम्भवतः सिंहको पछिल्लो निर्णयले देउवाको जीत सुनिश्चित हुने देखेर आफ्नो कित्ता उतै सोझ्याउनुभएको हो । संस्थापन इतर पक्षमा सर्वसम्मत उम्मेदवार चयन हुन नसकिरहेको बेलामा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सबैले सर्वसम्मत सभापति बनाउने हो भने आफू सभापति पदको दौडबाट अलग्गिने बताउनुभएको थियो । अर्थात उहाँको धारणा पनि १४औँ महाधिवेशनले नेतृत्व परिवर्तन गरोस् भन्ने नै थियो । 

पहिलो चरणको निर्वाचनमा प्राप्त मतलाई हेर्दा देउवाविरुद्ध कोइराला, सिंह र निधिको मात्र मत जोड्ने हो भने पनि दोस्रो चरणको निर्वाचनमा कोइरालाको जित सुनिश्चित देखिन्छ । तर संस्थापन इतर पक्षमा रहेर र संस्थापन पक्षबाटै विद्रोह गरेर नेतृत्व परिवर्तनको नारा दिँदै आउनुभएका दुवै नेता यस्तो अवसरबाट चुक्नुभएको छ ।