३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चायुक्त फिर्ता र व्यापार स्थगन गर्ने पाकिस्तानको घोषणा



अ+ अ-

इस्लामाबाद । पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ। उक्त घोषणासँगै पाकिस्तानले भारतीय उच्चायुक्त अजय बिसारियालाई भारत फिर्ता हुन आदेश दिएको छ। भारतका लागि पाकिस्तानी उच्चायुक्त भने कोही छैन। पाकिस्तानले यसै महिना भारतमा उच्चायुक्त पठाउने तयारी गरेको थियो। नयाँ निर्णयसँगै यो पनि स्थगित भएको छ।

जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले बुधबार यो घोषणा गरेको हो। ‘हामीले हाम्रा उच्चायुक्तलाई दिल्लीबाट स्वदेश फिर्ता गर्नेछौँ भने उनीहरूका प्रतिनिधि पनि फिर्ता पठाउनेछौँ’, पाकिस्तानका विदेशमन्त्री शाह मुहमद कुरैशीले भने।

उनले भारतसँगको पाकिस्तानको कूटनीतिक सम्बन्धस्तर घटाइएको पनि जानकारी दिएका छन्। भारतको पछिल्लो निर्णयविरुद्ध संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पनि पाकिस्तानले आवाज उठाउने कुरैशीको भनाइ छ। जम्मु कश्मीरलाई दिइएको विशेष अधिकारलाई केन्द्र सरकारले फिर्ता लिएको विषयलाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् बढ्दै गएको छ।

भारतको निर्णयले अन्तर्राष्ट्रिय कानून तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तानको तर्क छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधवार राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका थिए। सुरक्षा बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सम्बन्ध स्तर घटुवा, द्विपक्षीय व्यापार स्थगन, भारतसँगको द्विपक्षीय सम्बन्धको समीक्षा र कश्मीर मुद्दालाई संयुक्त राष्ट्रसंघमा लैजाने निर्णय गरिएको छ।

साथै १४ अगस्तमा ‘कश्मीरी जनतासँगको ऐक्यबद्धता र भारतीय स्वतन्त्रता दिवस १५ अगस्तलाई मालो दिवस मनाउने निर्णय गरिएको छ। हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुई देशले शासन गर्दै आएका छन्। भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेकाले तीन दशकमा हजारौँको मृत्यु भएको र गरिबी झनै बढ्दै गएको भारतीय गृहमन्त्री अमित शाहको दाबी छ।

गरिबी बढेको, विकास रोकिएको र द्वन्द्व अन्त्य हुन नसकेकाले केन्द्र सरकारले जिम्मेवारी लिनुपरेको केन्द्रीय मन्त्रीहरूको भनाइ छ।

सम्बन्ध अन्त्य गर्न माग

पाकिस्तानी विज्ञान तथा प्रविधिमन्त्री फवाद हुसैनले भारतसँगको राजनीतिक सम्बन्ध अन्त्य गर्न माग गरेका छन्। कश्मीरबारे पाकिस्तानी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै चौधरीले भने, ‘भारतीय उच्चायुक्त इस्लामाबादमा छन्। दुई देशबीच कूटनीतिक सम्बन्ध छैन भने हाम्रा प्रतिनिधि भारतमा के गर्दै छन् ? यस्तो सम्बन्ध तत्काल अन्त्य भएको घोषणा गर्नुपर्छ।’

भारतीय उच्चायुक्त अजय बिसारिया असल व्यक्ति भए पनि ‘फाँसीवादी सरकार’ सरकारका प्रतिनिधित्व भएकोले उनलाई बिदा गर्नुपर्ने बताए। कश्मीरलाई दोस्रो प्यालेस्टाइन बन्न दिन नहुने उनको भनाइ थियो। पाकिस्तान युद्धबाट डराउन नहुने भन्दै सम्मानका लागि पनि उनले युद्धमा जानुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले युद्ध वा अपमान रोज्नुपर्नेछ। युद्ध सम्मानका लागि लडिन्छ, यसमा जित वा हार महत्वपूर्ण होइन।’